जनकपुरमा आज पनि झडप, ४५ प्रहरीसहित १ सय जना घाइते

पुस १४, २०७२- आन्दोलनरत लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता तथा सुरक्षाकर्मीबीच मंगलबार पनि जनकपुरमा दिनभरि झडप भएको छ । जानकी चौकीलाई लक्षित गरी प्रदर्शनकारीहरुले ढुंगामुढा गरेपछि, सुरक्षाकर्मीहरुले पनि लाठी चार्ज एवं अश्रुग्यासका गोला प्रहार गरेका थिए । दुबै तर्फका गरी झण्डै एक सयजना घाइते भएका छन् ।

सद्भावना अध्यक्ष राजेन्द्र महतो विराटनगरको झडपमा घाइते भएयता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन उग्र बनाएको हो । सोमबार पनि जानकी प्रहरी चौकी वरिपरि दिनभरि प्रदर्शन भएको थियो ।

नगर क्षेत्रमा संचालित स्कूल कलेजहरु मंगलबार तेस्रो दिन पनि बन्द गराइए । नगर भित्रका पसल तथा व्यापारिक प्रतिष्ठानहरु पूर्णत: बन्द रहे ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार आन्दोलनकारीको ढुंगामुढा तथा पेट्रोल बम प्रहारबाट ४५ जना सुरक्षाकर्मी घाइते भएका छन् । आन्दोलनकारीले दिनभरिमा २१ थान पेट्रोल बम प्रहार गरेको दावी प्रजिअ पराजुलीको छ । यसै गरी सुरक्षाकर्मीहरुले २१ राउण्ड अश्रुग्यासको गोला प्रहार गरेको उनले जानकारी दिए ।

सद्भावना पार्टी धनुषाका अध्यक्ष संजयकुमार सिंहले आन्दोलनकारी माथि चरम दमन गरिएको आरोप लगाए । सुरक्षाकर्मीको ढुंगामुढा, लाठी चार्ज एवं अश्रुग्यासका गोला प्रहारबाट ५० भन्दा अधिक प्रदर्शनकारी घाइते भएको नेता सिंहले जानकारी दिए ।

ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget