चीनबाट तत्काल राहतको लागि पुनः १४ लाख लिटर इन्धन


पुस १४, २०७२- भारतीय नाकाबन्दीको कारण चरम इन्धन अभाव ब्यहोर्दै आएको नेपालीलाई चीनले दिर्घकालिन सहयोगको तयारी नहुन्जेल भन्दै पुनः राहत स्वरुप १० मिलिएन (आरएमबी) चिनियाँ मुद्रा बाराबरको इन्धन उपलब्ध गराउने भएको छ । करिव १४ लाख लिटर इन्धन उत्तरी नाकाबाट छिट्टै काठमाडौं भित्रिने भएको छ । चीनबाट दिर्घकालिन इन्धन समझदारी हुने अपेक्षा गरिरहेको अवस्थामा तत्कालन राहत अनुदान सहयोग आउन लागेको हो ।

केरुङ नाकासम्म चीनले ल्याईदिने उक्त पेट्रोलियम पदार्थ त्यहाँबाट नेपाल आयल निगमले ढुवानी गर्नेछ । यसअघि पनि सोही मुल्य बाराबरको इन्धन चीनले उपलब्ध गराएको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा ५ दिने औपचारिक भ्रमण सकेर र्फकने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पत्रकारसंग उनले चिनियाँ अनुदानको जानकारी दिएका हुन् । छलफलपछि जारी विज्ञप्तीमा उक्त सहयोग उल्लेख थिएन । चीनको उक्त सहयोगले दिर्घ कालिन फ्रेमवर्कलाई फेरि पछाडी धकेलेको आशंका छ । बाणिज्य मन्त्रालय र आयल निगमको अधिकारी बेइजिङमा नै रहेको कारण सम्झौताका विषयमा छलफल भइरहेको दावी छ ।

भ्रमणले चीनसँग दीर्घकालीन रुपमा इन्धन व्यापार गर्ने बाटो प्रशस्त गरेको दावी मन्त्री थापाको छ । 'उच्च राजनीतिक तहबाट आवश्यक निर्देशन भएकाले कर छुट, यातायात र मूल्यबारे सम्वन्धित निकायमा छलफल भई बढ्ने सहमति जुटेको छ, ' उनले भने, 'अहिले हामी सम्झौता गर्न गएका हैनौ । सम्भावनाको दिर्घकालिन हितको विषयमा समग्र छलफलका लागि पुगेका हौं । नेपाल र चीनबीच खुला र स्वतन्त्र व्यापार अभिवृद्धि, पारवहन सन्धी, र लगानी अभिवृद्धिबारे छलफल गरेर अघि बढ्ने समझदारी भएको पनि मन्त्री थापाले बताए ।

थापाले दीर्घकालीन रुपमा इन्धन आपूर्ति गर्ने सम्बन्धमा चिनियाँ अधिकारीसँग महत्वपूर्ण छलफल भएको बताउँदै भने, 'यसको परिणाम पनि छिटै आउने छ । यो भ्रमण नेपाल चीनबीच आर्थिक सम्बन्धको आंकडा तयार गर्न र नया परिपेक्ष्यमा अघि बढ्न सफल भएको छ । भ्रमणले इन्धन आपुर्ति देखि अन्य ब्यापार सम्झौताको बाटो समेत खोलेको छ ।' पारवहन तथा ब्यापार सन्धि, लगानी सुरक्षा सम्वन्धी -विप्पा) सम्झौता र स्वतन्त्र व्यापार सम्झौताबारेमा चीन सकारात्मक देखिएको र अव हुने माथिल्लो स्तरको भ्रमणमा सम्झौताको तहमा पुगिने उनले बताए ।

चीन तर्फबाट नेपालमा उच्चस्तरको भ्रमण तत्काल हुने र प्रधानमन्त्री केपीशर्मा ओली भ्रमण पनि चीनतर्फ छिट्टै हुने संकेत गर्दै थापाले भनेका छन् , 'उच्चस्तरको भ्रमणमा अहिले थाति रहेको विषयमा सम्झौता गर्ने तयारी अघि बढाउन दुवै पक्ष समहत भएका छौं । त्यसका लगि दुवै पक्षबाट व्यापक गृहकार्य भइरहेको छ ।' कूटनीतिक सम्वन्धको ६० औं बर्षगाठमा भएको उक्त भ्रमण सम्झौत्ाा गर्न सम्वन्ध्ाका विविध आयामबारे छलफल गर्न भएको बताउदै भने, 'भ्रमणले नेपाल चीन सम्वन्ध्ालाई नया उचाईमा पूर्‍याएउन आधार तय गरेको छ ।'  थापा नेतृत्वको टोलीले चिनियाँ उपराष्टपति र विदेशमन्त्री लगायतका उच्च अधिकारीसँग छुट्टा छुट्टै भेट गरी इन्धन आपूर्ति लगायतका दुईपक्षीय हितका विषयमा छलफल गरेको थियो ।

दीर्घकालीन रुपमा इन्धन आपूर्ति गर्ने सम्बन्धमा थापाको भ्रमणमा सहमति भए पनि त्यस्ता विषयमा तत्काल सम्झौता भने हुन सकेन । नेपाल चीनबीच आर्थिक सम्वन्धको दीर्घकालीन प|mेमवर्क तयार भएको दावी गरे । मन्त्री थापाका अनुसार प्रधानमन्त्री स्तरको भ्रमणमा अहिले भएका छलफलबाट तयार फ्रेमवर्क कार्यान्वयनमा आउने समेत बताए । अरनिको राजमार्ग चाडै सञ्चालनमा ल्याउने र हाल संचालनमा रहेको रसुवागढी सडकलाई अटुट सडकको रुपमा विस्तार गरिने समेत सहमतिमा नेपालले आफ्नो तर्फबाट पनि काम तत्काल अघि बढाउने उनले बताए । केरुङसम्म रेल आउने हुनाले पनि जतिसक्दो छिटो नेपाल तर्फको सडकको काम हुन आवश्यक रहेको उनले बताए । थापा नेतृत्व टोली नेपाल र्फकने क्रममा  शिचुवान र तिब्बतका अधिकारीहरुसँग भेटेर सम्वन्ध विस्तारबारे छलफल गरेका थिए । उनीहरु नेपालमा दुईपक्षीय ब्यापार र उर्जा विकासका लागि इच्छा देखाएको परराष्ट्रमन्त्री थापाले जानकारी दिए ।

.ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget