फोक्सोको क्यान्सर भ्रम र यथार्थ

 डा. आविश अधिकारी , क्यान्सर रोग विशेषज्ञ,ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी काठमाडौं ।
डा. आविश अधिकारी , क्यान्सर रोग विशेषज्ञ,ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी काठमाडौं ।
केही दिन अघि पत्र-पत्रिका र फेसबुक तिर ‘प्रशोधित मासुले क्यान्सर’ भन्ने समाचारले निकै चर्चा पायो । मासुलाई विशेष मसला हालेर धुवाँमा राखेर बनाइने सुँगुरको मासुलाई बेकन् भनिँदो रहेछ- यसले आन्द्राको क्यान्सर हुने सम्भावना १८% ले बढाउँदो रहेछ । यो जोखिमलाई यसरी बुझौँ – सय जना बेकन् नखाने मान्छे मध्ये ५ जनालाई हुने आन्द्राको क्यान्सर, बेकन् खाने हो भने ६ जनालाई हुन सक्छ ।   तर एउटा अर्को जोखिम छ हामी माझ, जसले फोक्सोको क्यान्सरको सम्भावना २५ गुणाले बढाउँछ ! त्यो जोखिम हो चुरोट । एक जना चुरोट नखाने मान्छेलाई फोक्सोको क्यान्सर हुँदै गर्दा २५ जना चुरोट खानेलाई फोक्सोको क्यान्सर भइसकेको हुन्छ।
के हो फोक्सोको क्यान्सर:
हाम्रो शरीरमा छाती भित्र दुईवटा फोक्सो हुन्छन् जसको काम हावा शरीर भित्र तान्ने, अक्सिजन भित्र लिने र अरू हावा बाहिर फ्याल्ने हो । जीवनको लागी नभइ नहुने अक्सिजन शरिर भित्र पुर्-याउने फोक्सो पनि नभइ नहुने अँग हो। फोक्सोको क्यान्सरमा फोक्सो बनाउने कोशहरू अप्राकृतिक रुपमा सँख्यात्मक रुपमा बढ्न थाल्छन् र केही समयमै ऐजरू जस्तै पलाउन थाल्छ, फोक्सोले आफ्नो काम गर्न सक्दैन र त्यो क्यान्सर नजिकैका गिर्खामा र अंगहरूमा फैलिन थाल्छ ।
लक्षणहरू:
खोकी लाग्नु: लामो समय देखि सुक्खा अथवा खकार आउने खोकी लाग्नु प्रमुख लक्षण हो । नियमित चुरोट खाने मान्छेले यसै पनि हल्का खोक्ने हुनाले यो लक्षण छुट्ने सम्भावना बढि हुन्छ।
खकारमा रगत देखिनु: खकारमा रगत वा रगतका छिटा देखिने मुख्य कारण क्षयरोग हो, त्यस पछि क्यान्सर हो । क्षयरोग त सजिलै निको हुन्छ, क्यान्सर निको पार्न गाह्रो हुन्छ ।
दम बढ्नु: बिरामीलाई सास फेर्न गाह्रो हुनु र केही सामान्य काम गर्दा पनि स्वाँ स्वाँ हुनु ।
तौल घट्नु: क्यान्सरका बिरामीहरूको तौल घट्न सक्छ, कसैको असामान्य रुपमा तौल घटिरहेको छ भने तुरुन्त अस्पताल जानु पर्छ ।
छाती दुख्नु: छातीमा केही अप्ठ्यारो भएको जस्तो, वा दुखेको छ भने पनि डाक्टरी जाँच गराउन जरुरी हुन्छ ।
छातीको सङ्क्रमण: लामो समय देखि निमोनिया भनेर उपचार गराइरहेका वा क्षयरोगको उपचार सुरु गरेर पनि निको नभएका बिरामीहरूमा फोक्सोको क्यान्सर देखिने गरेको छ ।
अन्य लक्षण:
स्वर भासिनु, घाँटीमा गिर्खा आउनु,
purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget