अख्तियारभित्रै कोषराज क्वाँ क्वाँ रोएपछि…

अघिल्लो दिनसम्मको फोर्स कमान्डर भनेर के गर्नु, भोलिपल्टै सिपाहीका अगाडि हिक्कहिक्क गर्दै आँशु झार्नुपर्ने भएपछि । भष्टाचारी करार भई निलम्बनमा परेका सशस्त्र महानिरीक्षक कोषराज वन्तले अख्तियारभित्रै डाँको छाडेपछि प्रहरीहरु हत्तपत्त झ्यालढोका बन्द गरेर , ‘सर, नरोइबक्सियोस् हजुर’ भन्दै फकाउनमा नै व्यस्त भए ।

निलम्बन सिफारिस भएको तीन दिनपछि बयान दिन पुगेका वन्तले उपसचिव चुडामणि न्यौपाने, डिएसपी माधव खत्री र इन्स्पेक्टर आनन्दजंग थापालाई अनुनयको शैलीमा भने, ‘म नभएको कुरा केही गर्दिनँ, सब भन्छु । तर, केही सोध्नुभन्दा पहिला मेरा कुरा सुनिदिनुपर्यो ।’ भने, ‘अस्तीसम्म फुली लगाएर हिँडेको आइजिपीजस्तो मान्छे, आजै म कुन हालतमा पुगेँ … अरु मान्छेख भए बेहोस हन्थ्यो कि हार्ट अट्याक भएर मरिसक्थ्यो । म हिम्मत गरेर यहाँ आएको छु, सत्य बोल्नलाई ।’ चूडामणिले भने, ‘हामी पनि कर्मचारी हौं सर, हजुरलाई थाहै छ, दिएको जिम्मेवारी पूरा गर्नैपर्यो । ’ न्यास्रिएर मरिचझैं चाउरिएका वन्तले थपे, ‘क्यान्सरपीडित मेरी श्रीमतीलाई क्यान्सरको समस्या थियो । अख्तियारले काबारही गर्ने भयो भन्ने सुनेपछि बेहोस भएकी उनी म यहाँ आउँदासम्म होस्मा आएकी छैनन् । बिगारेकै भए पनि मैले बिगारेँ होला, बिचरीको के दोष थियो ? त्यसपछि वन्त हिक्कहिक्क गर्दै रुन थाले, आजको जनआस्था साप्ताहिकले खबर लेखेको छ ।
ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget