ओलीले चीन भ्रमण गर्ने घोषणापछि भारतलाई अर्को झट्काः मिडियामा प्रचारबाजी शुरु

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो विदेश भ्रमण चीनबाट शुरु गर्ने घोषणापछि भारतमा तरंग देखिएको छ । भारतीय मिडियाले नेपाली प्रधानमन्त्रीले भारतलाई झनै चिड्याउन खोजेको भन्दै ओलीको चीन सम्भावित चीन भ्रमणबारे हेडलाइन समाचार बनाएका छन् ।

सामान्यतः नेपालका प्रधानमन्त्रीले भारत भ्रमणबाटै विदेश भ्रमणको शुरुवात गर्ने गरेको भन्दै ओलीको तयारीप्रति क्षोभ प्रकट गरिएको छ । भारतको सरकारी समाचार समिति प्रेस ट्रष्ट अफ इण्डिया (पिटिआइ) ले नै यो विषयमा समाचार प्रकाशित गरेपछि भारतीय मिडियामा विशेष तरंग देखिएको हो ।



ओलीले सन् २०१६ को शुरुवातमै चीन भ्रमण गर्ने तय भएको भन्दै भारतीय मिडियाले परराष्ट्रमन्त्री कमल थापाको भनाइलाई विशेष महत्वका साथ समाचार सम्प्रेसण गरेका छन् । गत अक्टोबरमा प्रधानमन्त्री बनेका प्रधानमन्त्री ओलीले नेपाली प्रधानमन्त्रीको परंपरा उल्टाउँदै चीन जान लागेको सञ्चार माध्यमले लेखेका छन् ।


उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमण प्रधानमन्त्री केपी ओलीको आगामी चीन भ्रमणको तयारीअनुरूप भएको चर्चा चलिरहँदा कमल थापाले काठमाडौं फर्केर ओली छिट्टै चीन जाने बताएका छन् । आगामी वर्ष (सन् २०१६) को सुरुवातमा नै हुने सरकार प्रमुखस्तरको भ्रमणका क्रममा सम्झौता गर्ने तयारी सहित हुने भनिएको यस प्रकारको भ्रमण अर्को वर्ष कुन महिनामा हुने स्पष्ट पारिएको छैन । शुरुमा भारतसँग कुनै न कुनै सम्झौता गरेर अघि बढ्ने मनस्थितिमा देखिएका ओली अव आएर भने परराष्ट्रमन्त्री कमल थापालाई चीन पठाएर दीर्घकालीन महत्वको सम्झौता गराउने देखि चीनकै भ्रमण पहिलो विदेश भ्रमण गराउने संकेतले ओली पनि अव प्रचण्डकै बाटोमा रहेको बुझ्न सकिन्छ । ‌यद्यपी कतिपयले ओली अझै पनि पहिलो भ्रमण भारतकै गर्ने चाहानामा रहेको बताउने गरेका छन् ।

प्रचण्ड पनि तारो

यस अघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्र पहिलो भ्रमणका लागि चीन गएको भन्दै मिडियामा प्रचण्ड नेपाललाई भारतसँग भन्दा चीनसँग नजिक राख्न चाहने ब्यक्तिकोरुपमा भारतले बुझेको भनिएको छ । ओलीलाई प्रधानमन्त्री बनाएका एमाओवादी अध्यक्ष प्रचण्डले संविधान बनाउनु केही समय अघि भारतको भ्रमण गरेर फर्किएका थिए ।



नेपाल आएर भारतको इच्छा ब्यक्त हुने भाषामा बदलाव ल्याएका प्रचण्ड भारतले संविधान जारी गर्ने मिति तोकिएपछि पठाएको विशेष दुत पठाएपछि भने आक्रामक देखिए । उनले सिधा भाषामा भने -हामी दिल्लीको एसम्यान बन्ने वाला छैनौं । प्रचण्डको बोलीले दिल्लीसम्म खतरनाक तरंग पैदा गर्‍यो । भारतले दवावलाई नाकाबन्दीकै स्तरमा पुर्‍यायो जुन अहिले सम्म कायम छ । प्रचण्डले भारतसँग पङ्गा लिएको यो पहिलो घटना होइन । किन भने उनले यस अघि नै यस्तो अनुभवबाट पार भैसकेका हुन् । उनले भारतसँग पंगा लिएकै कारण प्रधानमन्त्री पद छोड्ने अवस्था आएको खुलासा राजिनामा दिने समयमा गरेका थिए ।


भारतीय मिडियामा नेपाल र चीनबीच इन्धन ल्याउनका लागि एमओयुमा हस्ताक्षर समेत भैसकेको कुरालाई विशेष फोकस गरिएको छ । कमल थापाले चीनबाट फर्किए लगत्तै विमानस्थलमा कुरा गर्दै नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुई मुलुकबीच खुला रु स्वतन्त्र व्यापार अभिवृद्धि, पारवहन सन्धि, लगानी वृद्धिका विषयमा पनि चिनियाँ पक्षसँग विस्तृत छलफल गरी अघि बढ्ने सहमति भएको जानकारी गराएका थिए ।


“दुई देशबीचको सडक/हवाई सम्पर्क र पूर्वाधार विकासबारे छलफल भयो, चीनसँगका नौवटा नाकालाई क्रमशः प्राथमिकताका आधारमा सञ्चालन गर्दै जाने सहमति भएको छ” आफ्ना चिनियाँ समकक्षीसँगको द्विपक्षीय वार्ताबारे जानकारी दिँदै उनले भने ।

नेपाल–चीन मैत्रीको महत्वपूर्ण आधारस्तम्भका रुपमा रहेको अरनिको राजमार्गलाई पुनः सञ्चालन गर्न चिनियाँ पक्षबाट सहयोग हुने र रसुवागढी-स्याफ्रुबेसी सडक सबै याममा सञ्चालनयोग्य बनाउनेबारेमा पनि छलफल भएको मन्त्री थापाले बताएका छन् । नेपालसँगको सीमा क्षेत्रसम्म चीनले रेल सेवा विस्तार गर्न लागेको सन्दर्भमा नेपाल सरकारले पनि रेलमार्ग निर्माणको प्रारम्भिक काम थाल्ने सहमति पनि थापाको भ्रमणका क्रममा भएको छ । कमल थापाले भ्रमणका क्रममा चिनियाँ उपराष्ट्रपति तथा सिचुवान प्रान्तका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए । सिचुवान प्रान्तका अधिकारीहरूले जलविद्युत् उत्पादनका क्षेत्रमा लगानी गर्ने चाहना व्यक्त गरेको जानकारी उनले दिएको कुरालाई समेत भारतीय मिडियाले विषय बनाएका छन् ।
nepaliheadlines
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget