ओली-मोदी टेलिफोन वार्ता, भारत भ्रमणको निम्तो

पुस १६, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले सिधै भ्रमण निम्तो दिएका छन् । मोदीले छिट्टै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्वीकार गरेको उनी निकट स्रोतले जनाएको छ । तर, पारवहन सहज भएपछिमात्रै नयाँदिल्ली आउने ओलीले स्पष्ट पारेका छन् ।

ओलीको चीन भ्रमणका लागि तयारी भइरहँदा नयाँदिल्लीबाट निम्तो आएको हो । बालुवाटार निकट स्रोतका अनुसार भारतीय राजदूत रञ्जीत रेले पनि प्रधानमन्त्रीको सरकारी निवासमै गएर भारत भ्रमणको कार्यक्रमबारे छलफल गरेका थिए ।

ओलीको चीन भ्रमणको प्रबन्ध मिलाएर दुई दिनअघिमात्रै उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा र कानुन मन्त्री अग्नि खरेल बेइजिङबाट फर्केका थिए ।

मोदीले तीन महिनायता ओलीसँग सिधा सम्वाद गरेको यो तेस्रोपटक हो । यसअघि प्रधानमन्त्री निर्वाचित भएकै दिन र नेपाल प्रहरीको गोलीबाट वीरगन्जमा भारतीय युवकको मृत्युभएपछि फोन गरेका थिए । प्रधानमन्त्री दुई दिने कार्यक्रमका लागि अहिले गृहजिल्ला झापामा छन् । उनी धरमपुरमा एक कार्यक्रम उदघाटनमा रहेकाबेला मोदीको फोन आएको थियो ।

बिहीबार बिहान १०.३५ बजे भएको टेलिफोनमा संवाद करिव २० मिनेट चलेको थियो । मोदीले सुरुमै प्रधानमन्त्री ओलीलाई नयाँ वर्ष २०१६ को शुभकामना दिएका थिए ।

त्यसपछि प्रधानमन्त्री ओलीले सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारत सरकारले स्वागत गरेकोमा मोदीलाई दिएका थिए । वार्तामा प्रधानमन्त्री ओलीले आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको भारतका प्रधानमन्त्रीलाई बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

वार्तामा प्रधानमन्त्री ओलीले आपूर्ति व्यबस्था सहज नभएकोमा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल-बीरगन्ज नाकाबाट आपूर्ति व्यवस्था सहज बनाउन गरे । जवाफमा मोदीले आफु सदैव आपूर्ति व्यवस्था सहज होस भन्ने पक्षमा रहेको र त्यसका लागि भारतको तर्फबाट कुनै रोकटोक नभएको बताएका थिए ।

मोदीले रक्सौल बीरगन्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको भन्दै नेपालकै राजनीतिक दलहरुले उक्त नाकामा प्रदर्शन गरिरहेका कारण असहज भएको पुरानै कुरा दोहोर्‍याए ।

प्रधानमन्त्री मोदीले औषधिको अभाव भएका बेला आफूले विदेशमन्त्री सुष्मा स्वराजलाई 'एयरलिफ्ट' गरेर भएपनि औषधि आपूर्ति गर्न भनेको स्मरण गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget