किन चल्दैन खुर्कोट सिन्धुलीमाढी सडकमा १० टन भन्दा धेरै लोडका सवारी

उत्तम काप्री काठमाडौं, पुस १६
नेपालकै नमुना सडकको सुन्दरता बचाउन १० टन भन्दा बढी लोडका सवारी निषेध
जैविक विविधता, भु–धरातल, चट्टान कटान नगरी पर्खाल लगाएर निर्माण गरिएको विपी राजमार्गको खुर्कोट-सिन्धुलीमाढी सडकमा १० टन भन्दा धेरै लोडका सवारी चलाउन नहुने प्राविधिकहरूले सुझाएका छन्।
प्राविधिकहरुका अनुसार प्राय सबै जसो ठाउँमा सडक ४ मिटर चौडा रहेको र मोड धेरै भएकाले सडक सुरक्षा र सवारी दुर्घटनाबाट बच्नका लागि ठूला तथा धेरै लोड भएका गाडी चलाउन नमिल्ने भएको हो।
काठमाडौंलाई तराईका जिल्लासँग जोड्ने छोटो दुरीको विपी राजमार्ग जापान सरकारको सहयोगमा निर्माण भएको हो। १६० किमि लामो विपि राजमार्ग गत वर्ष असार १८ गते तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले औपचारिक उद्घाटन गरे।
सडक निर्माणमा संलग्न जापानीज हाज्मा-आन्दो जेभि कम्पनीले पुरै सडकको निर्माण कार्य सकेको हो।
विपी रार्जमाग कुल सडक १ सय ५८ किलो मिटर भएपनि करिब ४० देखि ४५ किलोमिटरको सडक खण्डमा १६ सिट भन्दा माथीका सवारी साधन चलाउन नहुने विभागले जनाएको छ।
सोही अनुरुप विभागले अहिलेसम्म १६ सिट तथा १० टन भन्दा माथि लोड भएका गाडीलाई रूटपरमिट नदिएको विभागले जनाएको छ। यो राजमार्ग देशकै सबैभन्दा सुन्दर सडक रहेको विभागका प्रमुख चन्द्रमान श्रेष्ठले बताए।
‘देशको सुन्दर र पर्यटकीय हिसावले पनि सुन्दर रहेको सडकको सुरुक्षा गर्नु सबैको कर्तव्य हुन्छ,’ उनले भने, ‘अहिलेसम्म हामीले यस सडकमा १६ सिट क्षमताका जिप, माइक्रोबस जस्ता साना सवारी साधनलाई मात्र स्थाई रूट परमिट दिने गरका छौं,’ यद्यपी उनले कहिले काँही अवस्था हेरेर २६ देखि ३२ सिटका सवारी साधनलाई समेत ‍पटके रूटपरमिट दिने गरेको बताए।
‘साना गाडीलाई मात्र रूट परमिट दिएको भनी त्यक्षेत्रका व्यवसायीहरुले ३/७ अर्थात २६ सिट क्षमता भएका सवारीले पनि रुट परमिट पाउनु पर्ने भन्दै पुरानावेदन अदालत पाटनमा मुद्दा दायरा गरेका छन्,’ श्रेष्ठले भने, मुद्दा फैसला नभएसम्म विभागले ठूला गाडीलाई रुटपरमिट दिँदैन।’
निर्माण खर्च जतिकै मर्मत खर्च आवश्यक पर्ने हुँदा पनि यो सडक खण्डमा  १० टन भन्दा माथिको गाडी गुडाउन नहुने प्राविधिकहरूको तर्क छ।
‘यो हाईवे नेपालकै सबैभन्दा बढी लागतमा सम्पन भएको छ। २६ अर्ब रूपौयाँको लगानीमा निर्माण भएको सडकलाई प्रतिकिलोमिटर सरदर १९ करोड रुपैयाँको लागत परेको छ।’
उनका अनुसार एक वर्ष अगाडि यातायात विभागका प्राविधिक, ट्राफिक प्रहरी, सड्क विभागका इन्जिनियर र अन्य सरोकारवलाहरु समिलित टोलीले यस राजमार्गको अध्ययन गरी यस सड्क खण्डमा १० टन भन्दा माथिका गाडी चल्लाउन नमिल्ने निष्कर्ष निकालेको थियो।
‘यो सडक खण्डमा काठमाडौं धुलिखेल नेपालथोक हुर्दै खुर्कोटसम्म भने सामान्य रुपमा केही रुपमा ठूला गाडी चल्न सक्छ। खुर्कोटबाट नै मन्थली जाने र सगरमाथा अञ्चलको घुर्मी जाने सडकको जोडने विन्दु रहको र त्यहाँसम्मको सडकमा मोड कम भएकोले ठूला गाडी चलाउन मिल्छ,’ उनले भने।
खुर्कोटदेखि सिन्धुलीमाढीसम्मको सडक खण्डमा धेरै मोड र पर्खाल छ। सडकका अधिकांश ठाउँमा ४ मिटर चौडा रहेकाले ठूला गाडी चलाउन मिल्दैन। यो सडकमा बढी लोडका गाडी चलाउने हो भने छोटो समयमै सडम बिग्रन्छ। सडकको सुन्दरता बच्दैन। सडकको सुन्दरता बचाइराख्ने हो भने यो सडकखण्डमा ठूला मालबाहक र भारवाहन सवारीलाई प्रवेश दिइनु हुन्न।
यो सडक भिरालो धरातलमा स्लोपिङ गरेर निमार्ण गरिएको छ। यदी सहि रुपमा सडको प्रयोग गर्न नसकिएमा सडक बिग्रन अवस्था आउँछ। मर्मतको लागि निमार्ण भन्दा बढी लागत लाग्ने भएकाले यो सडकमा ठूला भारबाहन गाडी चलाउन मिल्दैन।
नेपालकै नमुना मानिएको यो सडठकको सुन्दरता बचाएमा आन्तरिक तथा बाह्य पर्यटकलाई पनि लोभ्याउने छ। अहिले पनि अधिकांश युवा युवतीहरू यो सडकको मनोरम दृश्य हेर्नका लागि पुग्ने गरेका छन्।
तराई जान छोटो बाटो भएकाले यो सडक हुँदै बर्दिबास निस्कने यात्रु पनि बढिरहेका छन्।
 बीपी राजमार्गलाई चार खण्डमा बिभाजन गरी सन् १९९६ (बि.सं.२०५२) सालदेखि निर्माण सुरु गरिएको थियो । जस अन्तर्गत पहिलो खण्ड बर्दिबास–सिन्धुलीमाढी ३७ कि.मि., दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३६.५ किमि सडक, तेस्रो खण्ड खुर्कोट-नेपालथोक ३६.५ किमि र चौथो खण्ड नेपालथोक–धुलीखेल ५० किमि सडक निर्माण सम्पन्न भयो छ ।
आयोजनाका अनुसार बीपी राजमार्ग निर्माणको क्रममा नेपालमै पहिलो पटक नयाँ प्रविधिको रुपमा ‘सटक्रिट’ र ‘जियोटेक’ प्रविधि प्रयोग गरि ठाँउ–ठाँउमा सडक निर्माण भएको छ । पहिरोलाई नियन्त्रण गर्न सटक्रिट(सिमेन्ट छ्याप्ने कार्य) र पहरो तथा थलथल भएको जमिनमा सडक निर्माण गर्न जियोटेक प्रविधि प्रयोग भएको छ ।
बीपी राजमार्ग निर्माणले महोतरी, धनुषा, सिन्धुली र काभ्रे जिल्लालाई जोडेको छ । काभ्रे, रामेछाप र सिन्धुली जिल्लाको भित्री भागमा यातायातको पँहुच पुर्‍याई आर्थिक तथा सामाजिक गतिशिलता ल्याउने, राजधानी काठमाण्डौबाट पूर्व तथा मध्य तराईको दुरी तथा समयमा बचत गराई यात्रु तथा मालसमानको ढुवानी खर्च घटाउने र राजधानी काठमाण्डालाई पूर्वी तथा मध्य तराईसँग जोड्ने बैकल्पीक राजमार्गको विकास गर्ने आयोजनाको मुख्य उद्देश्य थियो।
विपि राजमार्गको निर्माण २०१५ सालमा तत्कालीन जननिर्बाचित प्रधानमन्त्री विपि कोईरालाको परिकल्पना अनुरुप त्यतिबेलै निर्माण सुरु भएको थियो । २०१७ सालको राजनीति परिबर्तनपछि बीपी राजमार्ग निर्माण आझेलमा परेको थियो । ०४६ सालको राजनीति परिबर्तनपछि पहिलो जननिर्बाचित सरकारको पहलमा ३७ वर्षसम्म ओझेलमा परेको विपि राजमार्गलाई चार खण्डमा विभाजन गरि जापान सरकारको आर्थिक सहयोगमा २०५२ सालदेखि निर्माण सुरु गरिएको हो ।
setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget