अमेरिकी हमलामा आइएसका १० कमाण्डर मारिए

बग्दाद, पुस १५ । अमेरिकी सेनाका प्रवक्ताले दिएको जानकारी अनुसार इराक र सिरियामा इस्लामिक आतंकवादी समूह (आइएस) बिरुद्ध अमेरिकी सेनाले गरेको हवाई हमलामा आइएसका १० जना कमाण्डर मारिएका छन् ।
अमेरिकी सेनाका प्रवक्ता कर्नेल स्टीव वारेनले पछिल्लो एक महिनामा गरिएको कारवाहीमा पेरिस आक्रमणका योजनाकार आइएस कमाण्डरसहित १० जना मारिएको बताए । हमलामा शराफ अल मुदानसमेत मारिएका छन् जो पेरिस हमलामा संलग्न अब्देल अबाउदको सम्पर्कमा थिए । उनी डिसेम्बर २४ मा भएको हमलामा मारिएको अमेरिकी सेनाको दाबी छ ।
बग्दादबाट भिडियो लिंकका माध्यमबाट पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता वारेनले अमेरिकाको निशाना आइएसका शीर्ष नेतातर्फ रहेको जनाए । उनले भने, ‘रणनीतिक हवाई हमलाका साथसाथै हामी आइएसका नेताहरुलाई निशाना बनाइरहेका छौं ।’
आइएस बिरुद्धको कारवाहीमा अमेरिकालाई सफलता मिलेको दाबी गर्दै उनले पछिल्लो एक महिनामा उल्लेख्य प्रगति भएको बताए ।
अमेरिकी नेतृत्वको गठबन्धन सेनाले इराक र सिरियामा गत बर्षदेखि आइएस बिरुद्ध हवाई हमला थालेको हो । हमलामा सय भन्दा बढी आईएस कार्यकर्ता मारिएका छन् । (एजेन्सी)
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget