पहिले स्थानीय कर र अहिले प्राविधिक कुरामा अल्झियो चीनसँगको इन्धन सम्झौता

चीन भ्रमणपछि थापाले भने– प्रधानमन्त्रीको भ्रमणका बेला सम्झौता हुन्छ
नेपाल आयल निगमले प्राविधिक तयारी अपुग भएकाले चीनसँग इन्धन खरिद सम्झौता हुन ढिलाइ भइरहेको जनाएको छ। निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काका अनुसार चीन नेपाललाई व्यापारिक रुपमा इन्धन दिन तयार भएपनि तेल ल्याउन दुई पक्षबीच केही प्राविधिक कुरा अपुग भएकाले तत्काल सम्झौता नगर्ने बताएको हो। उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाको चीन भ्रमणताका निगम र वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको प्राविधिक छलफल पूर्ण नरहेको चीनले संकेत गरेको खड्काले बताए।

यसअघि उद्योग समितिको छलफलमा चीन पुगेको टोलीले प्राविधिक विषयका सबै कुरा मिलाइसकेको बताएको थियो। तीन पटकसम्म चीन भ्रमण गरेको मन्त्रालय र निगम टोलीले चीनबाट तेल ल्याउन प्राविधिक रुपमा कुनै समस्या नरहको र यसको लागि उच्चस्तरीय छलफल आवश्यक रहेको बताएको थियो।

निगम र मन्त्रालयले गरेको छलफललाई आधार मान्दै उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापासहित वाणिज्य सचिव, अर्थ सचिव लगायत सात सदस्य टोली  पुस ८ गते चीन गएको थियो।

टोली चीनमा रहँदा  चिनियाँ पक्षसँग विभिन्न चरणमा छलफल भएको थियो। यसैक्रममा  इन्धन सम्झौताका लागि भन्दै निगमका कार्यकारी निर्देशक सुशिल भट्टराई र मन्त्रालयबाट नमराज ढकाल चीन उडेका थिए। उनीहरु चीन पुगे लगतै  थापासहितको टोलीले चिनियाँ पक्षसँग इन्धन व्यापारको विषयमा छलफल हँुदा चिनियाँ पक्षले प्राविधिक विषयमा टुंगो लगाउन थप छलफल आवश्यक रहेको बतायो।

एक साता लामो चीन भ्रमण सकी मंगलबार नेपाल फर्केका परराष्ट्र मन्त्री थापाले  तत्काल चीन सरकारले १६ करोड ७० लाख रुपैयाँ बराबरको करिब १४ लाख लिटर पेट्रोल अनुदान दिने जानकारी दिए। उनले चीन नेपाललाई तेल दिन तयार रहको र प्राविधिक कुरा मिलाएर प्रधानमन्त्रीको चीन भ्रमणताका इन्धन सम्झौता हुने बताए। तर प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको टुंगो लागिसकेको छैन।  यस अघि  चीनले १३ लाख लिटर पेट्रोल  नेपाललाई अनुदान दिइसकेको छ।

निगम उच्च स्रोतका अनुसार चीनले पहिले करको विषय र अहिले प्राविधिक कुरा नमिलेको भन्दै इन्धन खरिद सम्झौतालाई टारिरहेको छ। यसअघि चीन भ्रमणमा गएको निगम र मन्त्रालयको टोलीले सबै कुरा मिले पनि चीन सरकारले स्थानीय कर छुट दिने/नदिने विषयमा टुंगो लाग्न नसकेको प्रतिवेदन वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएको थियो। सो टोलीले स्थानीय करका बारेमा कुरा गर्न सरकारका तर्फबाट उच्चस्तरीय टोलीले छलफल गर्नुपर्ने सुझाव दिएको थियो।

यसै क्रममा सुटुक्क चीन भ्रमण गरेका आपूर्ति मन्त्री गणेशमान पुनले चीनसँग इन्धन खरिद सम्झौता लागि सबै कुरा मिलिसकेको भन्दै सम्झौता गर्नका लागि मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा टोली बनाएका थिए। चीनबाट सम्झौता हुने संकेत नआएपछि सो टोली चीन नगई निगमले निर्देशक सुशील भट्टराईको टोली चीन पठाएको थियो।

के छ समस्या
खड्काका अनुसार चीनबाट तेल ल्याउन सबैभन्दा ठूलो समस्या मौसम हो। वर्षा सुरु भएलगतै बाटो बन्द हुन अवस्था नेपालतर्फ रहको छ। सम्झौता भएपछि तेल ल्याउन नसक्दा नेपालकै इज्जतको सवाल हुने उनले बताए। ‘मौसमकै कारण हाम्रा ट्याङकर  ल्हासा र सिगात्से पुगी तेल ल्याउन पनि असम्भव छ‘, उनले भने ‘तर त्यसको लागि चिनियाँ ट्याङकर भाडामा लिएर भएपनि केरुङसँग तेल ल्याउन सकिने अवस्था छ।‘ बाटोका कारणले नेपालबाट केरुङसम्म पनि साना खालका टयाङ्कर मात्र जाने सक्ने र उताबाट आउने चिनियाँ टयाङकर ठूला हुने भएकाले एउटैमा ट्रान्सफर गर्न नसकिने प्राविधिक समस्या रहको छ। ट्रान्सफर गर्ने काम  संवेदनशिल हुने भएकाले यसका पनि तयारी नपुगेको भन्दै चिनियाँ पक्षले यस्तो कुरा गरेको खड्काले बताए।

‘निगमले केरुङसँग चिनियाँ टयाङकर भाडामा लिएर भएपनि तेल ल्याउन सक्छ,‘ उनले भने  ‘यसका लागि सबैभन्दा पहिले हाम्रातर्फ रहेको समस्या समाधन गर्न आवश्यक छ।‘ ढिलो  भएपनि चीनसँग इन्धन व्यापारको सम्झौता हुने खड्काले बताए। प्राविधिक विषयमा कुरा गर्न बाँकी भएकाले निगम निर्देशक सुशील भट्टराई अहिले पनि चीनमै छन्।setopat

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget