एकै दिन २०४ ट्यांकर इन्धन भित्रिए

१४ पुस, काठमाडौं । मंगलबार दिनभरमा भारतबाट २ सय ४ वटा इन्धनका गाडी नेपाल भित्रिएका छन् । सबैभन्दा धेरै डिजेल बोकेका गाडी भित्रिएका छन् । पेट्रोल र ग्यासबाहक गाडी भने निकै कम संख्यामा आएका छन् ।
मंगलबार सबैभन्दा धेरै भैरहवाको बेलहिया नाकाबाट ७९ वटा इन्धन बोकेका गाडी नेपाल भित्रिएका छन् ।
बेलहिया भन्सारका अधिकृत रविन्द्र प्याकुरेलका अनुसार ७२ वटा तेल ट्यांकर र ७ वटा ग्यास बुलेट नेपाल आएका हुन् । दिनभरमा भैरहवाबाट २ सय ५० भन्दा बढी मालबाहक गाडी नेपाल भित्रिएका छन् ।
नेपालगञ्ज नाकाबाट ५५ ट्यांकर इन्धन नेपाल भित्रिएको जमुनाह भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी दिए ।
उनका अनुसार ४० ट्याकंर डिजेल आएको छ । जमुनाहबाट ५ ट्यांकर, पेट्रोल ७ ट्यांकर हवाइ इन्धन र ३ ट्यांकर मटितेल पनि नेपाल आएको छ । जमुनाह नाकाबाट अन्य ७७ वटा मालबहाक गाडी आएका छन् ।
कैलालीको गौरीफन्टा नाकाबाट ४० ट्यांकर इन्धन भित्रिएका छन् । गौरीफन्टाबाट ३४ वटा डिजेल, ४ वटा पेट्रोल र २ वटा हवाइ इन्धनका गाडी नेपाल आएको भन्सार प्रमुख हरीप्रसाद पाण्डेले जानकारी दिए ।
काँकडभिट्टाको मेची नाकाबाट १७ ट्यांकर इन्धन नेपाल आएका छन् । मेची भन्सारबाट १५ ट्यांकर डिजेल, १ ट्यांकर पेट्रोल र १ ट्यांकर मटितेल भित्रिएको छ ।
रातिसम्म थप ६ वटा इन्धनका गाडी नेपाल आउने भन्सार प्रमुख भीम अधिकारीले जानकारी दिए । मेचीबाट १ सय ६ वटा गाडी नेपाल आएका छन् ।
बिराटनगरको रानी नाकाबाट दिनभरमा १३ वटा इन्धनका गाडी भित्रिएका छन् । जसमा डिजेलका १० वटा छन् भने ग्यास बुलेट तीनवटा रहेको रानी भन्सार प्रवक्ता राजेन्द्र ढुंगानाले बताए ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget