यातायातका हाकिमले सोफामा फ्याँके १ लाख ८० हजार !

१६ पुस, काठमाडौं । सेवाग्रहीसँग घुस लिँदा-लिँदै मीनभवनस्थित यातायात व्यवस्था विभागका निर्देशक नवीनकुमार पोखरेल पक्राउ परेका छन् । घुस लिनासाथ अख्तियारको फन्दामा परेपछि पोखरेलले घुस लिएको १ लाख ८० हजार रुपैयाँ तत्कालै मिल्काएका थिए ।
अख्तियार दुरुपयउोग अनुसन्धान आयोगको टोलीले विहीबार निर्देशक पोखरेललाई १ लाख ८० हजार रुपैयाँ घुस लिएको रकमसहित पक्राउ गरेको छ ।

विद्युतीय मोटरसाकइकल भित्राउने एभन साइकल कम्पनीलाई भन्सार छुटका लागि सिफारिस मागेबापत पोखरेलले घुस मागेका थिए ।
इलेक्ट्रिक सवारी भित्राउँदा दिइने छुटका लागि यातायात व्यवस्था विभागले सम्बन्धित भन्सार कार्यालयलाई सिफारिससहित अनुमति दिनुपर्ने व्यवस्था छ । आयातकर्ता कम्पनीले सहजै पाउनुपर्ने सुविधा दिन नमान्दै पाखरेलले घुस मागेका थिए ।
नेपालगञ्ज भन्सार हुँदै आयात गर्न लागिएको विद्युतीय मोटरसाकइकलका लागि छुटको सिफारिस गरेबापत पोखरेलले घुस लिएका हुन् ।

कुल ३६ वटा विद्युतीय मोटरसाइकल भित्राउनका लागि अनुमति दिन पोखरेलले प्रतिमोटरसाइकल ५ हजार रुपैयाँका दरले घुस लिएका थिए । अख्तियारले घुस मागेको पूर्वसूचनाका आधारमा पोखरेललाई पक्राउ गरेको हो ।
अख्तियारको टोली पुगेको थाहा पाउनासाथ निर्देशक पोखरेलले आफूले लिएको घुस रकम कार्यालयको बाहिरपटि्ट राखिएको सोफामा फ्याँकेका थिए ।
पोखरेलले त्यो रकम कसरी सोफामा आयो भन्नेबारे अनभिज्ञता जनाए । उनले आफूले घुस नलिएको भन्दै पटक-पटक आरोप इन्कार गरेका थिए ।
अख्तियारको टोलीले आयोगलाई असहयोग गरेमा थप कारवाही भोग्नुपर्ने चेतावनी दिएपछि उनले बल्ल घुस लिएको स्वीकारेका हुन् ।
दिउँसो २ बजे यातायात व्यवस्था विभाग पुगेको टोलीसमक्ष उनले झण्डै एक घण्टासम्म घुस नलिएको दाबी गरेका थिए । तर, अन्तिममा स्वीकार गर्न बाध्य भए ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget