‘विप्लव’ माओवादीको कारबाही लिष्टमा को–को छन् ?

काठमाडौं, १७ पुस । राजनीतिक चहलपहलमा शून्यसरह बसेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भित्रभित्रै आफ्नो सांगठनिक र विभिन्न क्रियाकलापलाई तीव्रता दिँदै आएको रहस्य खुलेको छ ।
राजधानीलगायत मुलुकका विभिन्न जिल्लाहरूमा आफ्ना गतिविधिलाई ‘विप्लव’ माओवादीले भूमिगत शैलीमा अपनाउँदै आएको छ । प्रहरी प्रशासनले दुःख दिने डरले ‘विप्लव’ माओवादीले आफ्ना गतिविधिहरूलाई गुपचुप गर्ने गरेको हो ।

स्रोतका अनुसार ‘विप्लव’ माओवादीले नाकाबन्दीको फाइदा उठाएर कालोबजारी र भ्रष्टाचार गर्नेहरूलाई कारबाहीको अन्तिम तयारी गरेको छ ।
विशेष गरेर दैनिक उपभोग्य सामाग्री, ग्यास र तेलमा भएको अनियमितता एवम् कालोबजारीविरुद्ध अभियान सुरू गरेको नेकपा माओवादी उच्च स्रोतले जनायो ।
‘नाकाबन्दीको नाममा फाइदा उठाएर कालोबजारी गर्नेहरूको लामो सूची तयार पारिएको छ’, स्रोतले भन्यो, ‘जनताले अब आफै कारबाही गर्छन् । कारबाही पनि सुरू भइसकेको छ ।’
भारतीयलाई सहयोग गरेका कारण डिस होम प्रालिलाई कारबाही गरेको उदाहरण दिँदै ‘विप्लव’ माओवादी स्रोतले भन्यो, ‘अब कारबाही अलि ठूलै हुनेछन् । सरकारले कालोबजारी र भ्रष्टाचार नियन्त्रण गर्न सकेन । जनता आफै कारबाहीमा उत्रनु परेको छ ।’
प्रधानमन्त्री केपी ओलीले कालोबजारी र भ्रष्टाचारलाई संरक्षण गरेको माओवादीको आरोप छ ।
माओवादीले विशेष गरेर ग्यास कम्पनी र ग्यास वितरण गर्ने डिलरहरूलाई उच्च निगरानीमा राखेको छ । जनतालाई सहज रुपमा ग्यास उपलब्ध नगराइए हदैसम्मको कारबाही गर्ने माओवादी स्रोतले बताएको छ ।
नेपाल आयल निगमका कर्मचारीहरू तस्करसँग मिलेर तेल र ग्यासमा कालोबजारी गरेको प्रमाण पाएको जनाएको माओवादीले ती कर्मचारीहरूलाई छिट्टै कारबाही गर्ने चेतावनी दिएको छ ।
माओवादीले नाकाबन्दी भएर मुलुकको आर्थिक अवस्था जरजर भएका बेला बैंकहरूमा पैसा थुप्रने क्रम बढेको सूचना आफूहरूले पाएको उल्लेख गरेको छ । त्यस्ता व्यापारी र व्यक्तिको सूची पनि धमाधम संकलन भइरहेको स्रोतले जनायो ।
भारतीय पक्षलाई अहिले पनि सहयोग गरिरहेको भन्दै माओवादीले डिस होम प्रालि र त्यसका सञ्चालकलाई उच्च निगरानीमा राखेको जनाएको छ । ‘राष्ट्रियताका पक्षमा नदेखिएको र अटेर गरेको डिस होमलाई फेरि पनि कारबाही हुन्छ’, विप्लव माओवादी उच्च स्रोतले भन्यो ।
धादिङ, काठमाडौं र बनेपामा रहेका ग्यास उद्योग कम्पनी र खाद्य सामाग्रीको आयात र विक्री वितरण गर्ने व्यापारी एवम् ठूला गोदामलाई निगरानीमा राखेको स्रोतको भनाइ छ ।
विभिन्न जिल्लामा व्यक्तिका घर जग्गा कब्जा गरेर आलोचित बन्दै आएको ‘विप्लव’ माओवादीका केन्द्रीय नेताहरू अधिकांश उपत्यका बाहिर छन् । केही नेताहरू राजधानीमा बसेर आफ्नो राजनीतिक कार्य गोप्य रुपमा गर्ने गरेको खुलेको छ ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget