निगमको ट्याङ्कर गायब बनाउन खोज्ने पक्राउ

मोरङ, पुस १५ । विराटनगरमा आयल निगमको ट्याङ्कर रातिको समयमा गायब बनाउने प्रयास भएको छ । तीनजनाको समूहमा हिजो राति २ बजेतिर आएका व्यक्तिहरुले ना २ ख ५०२९ नंको इन्धन बोकेको ट्याङ्करका सहचालक बब्लुकुमार पासवानले आफूलाई धम्क्याएर ट्यांकर भगाउन खोजेको बुधबार जानकारी दिएका छन् ।
झन्डै सय मिटर अगाडि पुर्‍याएपछि तिरुपति पेट्रोल पम्प अगाडि गाडीको स्टार्ट नै बन्द भएको थियो । गाडी नचलेपछि सहचालकको मुख बाँधेर सो समूहले इन्धनको सिल फोडेर तेल निकालेर लगेको सहचालक पासवानले जनाए ।
सोमबार साँझ भारतबाट आएको गाडी कोसी आयल अगाडि राखिएको थियो । गाडी राखेर घर गएका गाडीका चालक विश्वेश्वर चौधरीले घटनाका बारेमा जानकारी नभएको बताए । ‘कसरी त्यस्तो भयो मलार्ई थाहा छैन,’ उनले भने ।
तेलको ट्याङ्कर गायब गर्ने गरी आएको टोलीले झन्डै २०० लिटर तेल निकालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले मोटरसाइकल तथा जुत्ताको आधारमा दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही गाडीका चालक विश्वेश्वर चौधरी र विराटनगर–५ खार्जीका बलराम राजवंशी रहेको प्रहरीले जनाएको छ । प्रहरीले चालकको समेत मिलेमतो भएको हुनसक्ने देखिएकाले नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरी चौकी आयल निगमका प्रहरी सहायक निरीक्षक जीवन गिरीले रातिको समयमा आएका तीनजना मध्ये एकजनालाई इन्धनसहित पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले अन्य तीनजनालाई पनि अनुसन्धानको घेरामा राखेको र ना ४ ख ४५० नंको ट्याङ्करका चालक तुलसी चौधरी र अर्का चालक रुपेश यादवको समेत संलग्नता रहेको हुन सक्ने बताएको छ । (रासस)
imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget