आज तमु ल्होछार, गुरुङ समुदायले धुमधामका साथ यो पर्व मनाउँदै

काठमाडौँ, १५ पुष ।  गुरुङ समुदायले आज धुमधामका साथ तमु ल्होछार पर्व मनाउँदै छन् । ल्हो भन्नाले वर्ष र सार भन्नाले नयाँ भन्ने मान्यतामा यो पर्व मनाईन्छ । प्रत्येक १२ वर्षम युग परिवर्तन हुने र यो वर्षलाई मुसा, गोरु, वाघ, खरायो, विरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलको प्रतिकका रुपमा लिईन्छ । यो वर्ष गुरुङ जातिले गरुड वर्ष विदाई गरि सर्प वर्षका रपमा स्वागत गर्दैछन् ।


काठमाडौं उपत्यका लगायत गुरुङ बसोबास भएका मुलुकभरका विभिन्न स्थानमा यो पर्व बुधबार विशेष हर्षेल्लासका साथ मनाइँदैछ । गुरुङ समुदायले आजकै दिनबाट नयाँ वर्षका रूपमा ल्होछार पर्व मानेर सुरु गर्ने गर्छन् । साथै नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्छन् । विदेशमा रहेका यो समुदायका सदस्यले पनि एकापसमा शुभकामना आदानप्रदान गरेर यो पर्व मनाउने गरेका छन् ।

नयाँवर्षको अवसरमा नेपाल लगायत विश्वभर रहेका तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, लगायतका जातीले आफ्ना मान्यजनबाट आर्शिबाद लिने तथा शुभकामना आदानप्रदान गर्ने गर्छन् । पर्वमा नयाँ लुगा लगाउने मिष्ठान्न भोजन गर्ने र नाचगान गरि रमाईलो गर्ने प्रचलन छ ।

ल्होसार पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिँदै सवै नेपालीवीच आपसी एकता सद्भाव सहिँष्णुता कायम भई सवैको साझा प्रयासबाट समृद्ध मुलुकको रचना गर्न सकियोस भन्ने कामना गर्नुभएको छ ।
osnepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget