चीनले नेपाललाई फेरि १० मिलियन आरएमबी बराबरको इन्धन सहयोग गर्ने

काठमाडौं, १४ पुस । चीनले नेपाललाई १० मिलियन आरएमबी बराबरको इन्धन अनुदान सहयोग गर्ने भएको छ ।
मंगलबार पाँच दिने चीन भ्रमण गरेर स्वदेश फर्किनुभएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई चीनले गर्ने सहयोगका बारेमा जानकारी गराउनुभएको हो ।
जसअनुसार चीनले नेपाललाई फेरि १० मिलियन आरएमबी (चिनियाँ मुद्रा) बराबरको १४ लाख लिटर इन्धन अनुदानमा दिने सहमत भएको हो ।
भारतीय नाकाबन्दीपछि यसअघि चीनले नेपाललाई १३ लाख लिटर इन्धन अनुदान दिएको थियो ।
सञ्चारकर्मीसँग आफ्नो भ्रमण सफल रहेको बताउँदै मन्त्री थापाले वर्ष २०१६ को सुरुवातमै प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गर्ने तय भएको जानकारी दिनुभयो । प्रधानमन्त्रीको भ्रमणमै नेपालले चीनसँग थप सम्झौता गर्ने उहाँले बताउनुभयो ।dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget