अस्पतालबाट डिस्चार्ज हुन मानेनन् महतो

विराटनगर । जोगवनी नाकामा धर्ना बस्ने क्रममा प्रहरी सँगको झडपमा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आपूm गम्भीर विरामी रहेको बहाना गरेर मधेसमा आन्दोलन चर्काउन धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएको खुलेको छ ।
विराटनगर स्थित गोल्डेन अस्पतालले महतोलाई आइतबार अस्पतालमा बस्न नपर्ने भन्दै डिस्चार्ज दिएपनि महतो आपूm विरामी रहेको भन्दै राति नै धरान स्थित प्रतिष्ठानमा भर्ना भएका हुन् ।
महतो घाइते भएर अस्पतालमा भर्ना भएको समाचारपछि केही दिनदेखि शान्त रहेका तराई मधेसका जिल्लाहरुमा प्रदर्शन र अराजक घटना भइरहेका छन् । आपूm प्रहरीको कुटाईबाट गम्भीर विरामी रहेर अस्पतालमा रहेको सन्देश दिनसके आन्दोलनमा उर्जा मिल्ने भएकोले महतो एउटा अस्पतालबाट डिस्चार्ज भएपछि अर्को अस्पतालमा पुगेका हुन् ।
सामान्य उपचारपछि घर फर्काउनुपर्ने बिरामीलाई आइसियुमा राखेर स्क्याण्डल खडा गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय मोरङले अस्पतालसँग महतोको अवस्थाबारे जानकारी मागेको थियो ।

त्यसक्रममा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले आईसियुमा राखेर उपचार गर्नुपर्ने वा नपर्ने अवस्थाबारे मेडिकल काउन्सिलले अध्ययन गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएपछि अस्पतालले महतोलाई डिस्चार्ज गरेको हो ।
गोल्डेन अस्पताल विराटनगरमा प्रारम्भिक उपचार गरी सघन उपचार कक्षमा भर्ना भएका उनको अवस्था सामान्य भएको परीक्षणहरुमा देखिएको थियो । टाउको र घुँडामा सामान्य चोट लागेका महतोको सिटी स्क्यान गरेर परिक्षण गर्दा सबै अवस्था सामान्य देखिएको थियो । तर, गोल्डेन अस्पतालले महतोकै आग्रहमा उनलाई आईसियुमा राखेको थियो ।
महतोको अवस्था गम्भीर रहेको हल्ला चलेपछि तराई मधेसका जिल्लाहरुमा प्रदर्शन चर्किएको थियो । त्यसपछि स्थानीय प्रशासनले महतोको अवस्थाको बारेमा जानकारी माग्दै अस्पतालले गम्भीर अवस्था नभई आईसियुमा राखेको भए अनुसन्धान गर्ने चेतावनी दिएपछि राति नै अस्पतालले महतोलाई डिष्चार्ज गरेको थियो । अस्पतालबाट डिस्चार्ज भएका महतो राति १२ बजे धरान स्थित विपी प्रतिष्ठानमा पुगेका थिए ।
महतो प्रतिष्ठानको पेइङ वार्डमा बसेका छन् । झडपमा लागेको चोट सामान्य रहेको र उनको प्रेसर तथा सुगर भने केही बढेको विराटनगरस्थित गोल्डेन अस्पतालले जनाएको छ ।
धरान स्थित प्रतिष्ठानको हाडजोर्नी विभागका चिकित्सकहरुले हेरेपछि महतोलाई सोमबार बिहान प्रतिष्ठानको सर्जिकल सघन उपचार कक्षबाट पेइङ (दोब्बर रकम तिरेर चाडो उपचार गरिने वार्ड) मा सारिएको प्रहरीले जनाएको छ । महतोको टाउको र शरीरमा चोट लागेको भएपनि अवस्था सामानय रहेको प्रतिष्ठानका चिकित्सकहरुले बताएका छन् ।
महतोका कार्यकर्ताले प्रतिष्ठानका चिकित्सकलाई महतो गम्भीर रहेको भन्न दबाब दिएको स्रोतले जनाएको छ । प्रतिष्ठानको पेइङ वार्डको ४ नम्बर वेडमा रहनुभएका महतो हँसिलो मुहारमा कार्यकर्तासँग कुराकानी गरेपनि पत्रकारसँग भने कुरा गर्न मानेनन् । राम्रोसँग हिँडडुल गर्न तथा खानासमेत खान थालेका महतोका सहयोगीले भने उहाँको स्वास्थ्यमा सुधार नआएको दावी गरेका छन् ।
महतोलाई आइतबार राति सिकिस्त भन्दै प्रतिष्ठानको आइसिययुमा राखिएको भएपनि चिकित्सहरुले अवस्था सामान्य रहेको भन्दै वार्डमा सारेका हुन् ।khabardabali
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget