अँग्रेजी नयाँबर्षको दिन नेपाली ढाका टोपी लगाऔं

पुस १४ गते-
अंग्रेजी नयाँ वर्ष १ जनवरीका दिन नेपाली टोपी लगाउन आह्वान गर्दै युवाहरूको समूहले सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गरेको छ । सन् २०१४ देखि सो दिन टोपी दिवस मनाउन सुरु भएको युवाहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसपटक टोपी दिवसको नारा ‘नेपाली पोसाक लगाऔँ, राष्ट्रियता जोगाऔँ’ भन्ने रहेको जनाइएको छ ।

अघिल्ला वर्षहरूमा पनि अंग्रेजी नयाँ वर्षका दिन नेपाली पोसाक लगाउने अभियान चलाइएको थियो । राष्ट्रियता झल्काउन र यसको जगेर्ना गर्नका लागि १ जनवरीलाई नेपाली पोसाक लगाउने दिनका रूपमा मनाउने गरिएको युवाहरूद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सकभर राष्ट्रिय पोसाक, नभए नेपाली टोपी मात्र लगाएर भए पनि अंग्रेजी नयाँ वर्षका दिन बिहानै माइतीघर मण्डलामा भेला हुन सबैलाई अनुरोध गरिएको छ । नेपाली र नेपाली मूलका नागरिक भएका सबै देश र स्थानमा नेपालीपनको निरन्तर खोजी तथा त्यसको संरक्षण र प्रवद्र्धन गर्न पनि टोपी दिवस मनाउन लागिएको उल्लेख छ ।
etajakhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget