दोलखामा प्रधानमन्त्रीको पुत्ला दहन

चरीकोट: नेपाली काग्रेंस दोलखाले प्रधानमन्त्री केपी ओलिको पुत्ला दहन गरेको छ । पुत्ला दहनको क्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप समेत भएको छ ।

दोलखाको लाकुरीडाँडाँमा निर्माणको पक्कापक्की भएको फिल्म सिटी अन्तिम चरणमा आएर प्रधानमन्त्री ओलिले कुनैपनि हालतमा दोलखामा बन्दैन भन्ने अभिव्यक्ति दिएपछि काग्रेंस दोलखा आन्दोलित भएको हो ।


नेपाली काग्रेंस दोलखाका सभापति ताराबहादुर कोइरालाको नेतृत्वमा पार्टि कार्यालयबाट निस्किएको जुलुसमा प्रधानमन्त्रीको राजिनामा समेत माग गरिएको थियो ।

र्‍याली सहित सातदोवाटो चोकमा पुत्ला दहन गर्ने क्रममा प्रहरीले लाठी प्रहार गर्दा केहि कार्यकर्ताहरु घाइते भएको नेपाल विद्यार्थी सघंका पूर्व केन्द्रिय कोषाअध्यक्ष एवंम काग्रेस नेता कुन्दनराज काफ्लेले जानकारी दिए ।

उनले फिल्म सिटी अनेत्र सार्ने कुरा गरी दोलखाबासीलाई झुक्याउन खोजेको र जनताले अधिकार माग्दा प्रहरीले हस्तक्षेप गरी अमानविय व्यवहार देखाएको समेत आरोप लगाए ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget