अन्ततः प्रधानमन्त्री ओलीले पहिला भारतको भ्रमण गर्ने, दोस्रो लटमा मात्रै चीन जाने

काठमाडौं, १४ पुस । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले पहिला भारतको भ्रमण गर्नुहुने भएको छ ।
मंगलबार साँझ बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्रीको पहिलो भ्रमण भारत नै हुने बताउनुभयो । उहाँले भन्नुभयो- ‘भारतबाट पहिला निम्तो आएको छ । भ्रमणको प्रक्रिया अगाडि बढिसकेको छ, त्यसकारण प्रधानमन्त्रीले पहिलो भ्रमण भारतबाटै गर्नुहुन्छ ।’
उहाँले भारत भ्रमण सकिएलगत्तै प्रधानमन्त्री चीन भ्रमणमा निस्कने बताउनुभयो । त्यसका लागि चीनसँग कुटनीतिक प्रक्रिया सुरु भएको बताउनुभयो । आज मात्रै परराष्ट्रमन्त्री थापा पाँच दिने चीन भ्रमण सकेर स्वदेश फर्किनुभएको थियो ।
परराष्ट्रमन्त्री थापाको भनाई अनुसार अन्ततः प्रधानमन्त्री ओलीले नेपालमाथि नाकाबन्दी लगाउने देश, नेपाली जनतालाई दुःख दिने देश, नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गर्ने देश भारतबाट भ्रमण गर्नुहुने भएको हो ।
धेरैले प्रधानमन्त्री ओलीले चीनमा पहिला भ्रमण गर्ने अपेक्षा राखेका थिए भने आम जनता चीनबाटै पहिलो भ्रमण हुनुपर्ने पक्षमा छन् । तर, त्यसको विपरित प्रधानमन्त्री ओलीले भारतबाट आफ्नो पहिलो भ्रमण सुरु गर्नुहुने भएको हो ।
प्रधानमन्त्री चीन भ्रमण जाँदा भारत रिसाउँदैन् भन्ने प्रश्नमा परराष्ट्रमन्त्री थापाले भन्नभुयो- ‘हाम्रा प्रधानमन्त्री चीन भ्रमणमा जाँदैमा भारतको हितमा असर गर्दैन् । त्यसकारण रिसाउनुपर्ने कुनै कारण छैन् ।’
उहाँले आफ्नो भ्रमण पूर्ण रुपमा सफल भएको बताउँदै तीन विषयमा नेपाल चीनबीच विश्वासको वातावरण बनेको बताउनुभयो ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget