मधेसवादीको दुई माग पूरा गरे मुलुकको अस्मिता संकटमा : गुरुङ


मंसिर १९, २०७२- नेकपा (क्रान्तिकारी माओवादी) का नेता देव गुरुङले मधेसवादी दलको दुई माग पूरा गरे मुलुकको अस्मिता संकटमा पर्ने बताएका छन् ।

उनले मधेसवादीका ११  मागमध्ये अंगीकृत नागरिक मुख्य पदमा पुग्न पाउनेपर्ने र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने माग पूरा गर्न नहुने बताए ।

माओवादी जिल्लाले शनिबार राखेको पत्रकार भेटघाटमा बोल्दै गुरुङ्ले अङ्गीकृत नागरिकता पाउने जोकोही नेपालको मुख्य पदमा पुग्नुपर्ने माग पूरा गर्न नहुने बताए । ‘अंगीकृत नागरिकता पाउने भयो भने देशमा विदेशीको हस्तक्षेप बढ्नेछ,’ उनले भने, ‘त्यसपछि नेपालको अस्मिता समाप्त हुनेमा कुनै दुई मत छैन ।’

मेधशमा भारतसँगको खुल्ला सिमानाका कारणले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न नहुने बताए । उनले भने, ‘मधेसमा खुल्ला सिमाना छ त्यहाँको नागरिकले सिमामा आवतजावतमा कुनै रोकतोक छैन ।’ जसले गर्दा नेपाली र भारतीय भन्ने छुट्याउने आधार नहुने उनले बताए । यसबाट नेपालको जनसङ्ख्या कति हो भन्ने निश्चित गर्न नसकिने उनले बताए ।

नेपाललाई नै एउटै निर्वाचन क्षेत्र बनाएर जातीय जनसंख्याको आधारमा पूर्ण समानुपाति प्रतिनिधित्व गर्दा उपयुक्त हुने नेता गुरुङ्गले बताए । ‘त्यसैले दुईवटा मागबाहेक अरु सबै मधेशवादी दलले राखेका जायज छ,’ उनले भने, ‘पूर्ण समानुपातिकले सबै क्षेत्रको मागलाई समेट्नेछ ।’ उनले एकीकृत माओवादीसंग तत्कालका लागि पार्टी एकता हुन सक्ने आधार तय नभइसकेको बताए ।

eKantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget