नियमित दाँत माझे र हप्ताको एक दिन माछा सेवन गर्ने गरे मुटुरोगबाट बच्न सकिन्छ

 १९ मंसिर-
खानपान र व्यायाममा ख्याल गरिएन भने मुटुरोग जो कोहीलाई पनि लाग्न सक्छ ।
बढी तथा कम परिश्रम, अव्यवस्थित खानपान, धूमपान तथा मद्यपान लगायतका कारण मुटुमा समस्या आउन सक्छ । मुटुलाई स्वस्थ राख्नका लागि हरेक रात कम्तिमा सात घन्टा सुत्नु जरुरी छ । कडा परिश्रम छ भने आठ घन्टा सुत्न सकिन्छ । निद्रा बिग्रिएमा शरीर चल्ने प्रक्रियामा गडबड हुन्छ र मधुमेहले सताउने सम्भावना बढ्छ । निद्रा नपुग्दा धमनीमा क्याल्सियम जम्मा हुने खतरा रहन्छ, जसले धमनी खुम्चिन सक्छ ।
यस्तै, उच्च रक्तचापले धमनीलाई कमजोर बनाउँदै लान्छ । १२०/८० देखि १३०/८५ को रक्तचापलाई उच्च मानिँदैन । रक्तचापलाई नियन्त्रणमा राख्नु भनेको आफ्नो शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्नु हो । यसका लागि व्यायाम, मोटोपना घटाउने, तनाव मुक्त हुने उपाय अवलम्बन गर्नु राम्रो हो ।
अरूले खाएको चुरोटको धुँवाले पनि तपाईंलाई उत्तिकै असर गरिरहेको हुन्छ । चुरोट खाएको वरिपरि एक घन्टासम्म बस्नाले दिनको दुईदेखि चारवटा चुरोट खाए समान हानि पु¥याउँछ । साथै व्यायामले मानिसको आयु बढाउन मद्दत गर्छ । साथै, व्यायामले मुटुको धड्कन हरेक दिन राम्रोसँग चलाउन पनि मद्दत पु¥याउँछ । दिनको कम्तिमा ३० मिनेट हिँडेर भए पनि स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ ।
अर्को कुरा हप्ताका एक दिन माछा खाने गरौं । माछामा पाइने ‘ओमेगा–३’ तेलले मुटु र धमनीको चाललाई चुस्त राख्छ । यसमा पाइने प्रोटिनले मान्छेको मुटुलाई सबैभन्दा धेरै फाइदा गर्ने अनुसन्धानले देखाएको छ ।
गिजामा लाग्ने रोगहरूले कहिलेकाहीँ हृदयघातसम्म गराउन सक्छ । नियमित रुपमा दाँत माझ्ने र दन्त स्वास्थ्यको ख्याल गरेर पनि मुटु बचाउन सकिन्छ ।
यस्तै, मुटु स्वस्थ राख्नका लागि बढी मानसिक तनाव पनि लिने गर्नु हुँदैन । तनावले मान्छेको निन्द्रा मात्र होइन मुटुको काम गर्ने क्षमतामा पनि ह्रास ल्याउँछ ।
etajakhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget