प्रकाश लम्साल-
बारा, मंसिर २० । ग्यास कालोबजारी गर्दै गरेको अवस्थामा अमर ग्यास प्रालि जितपुर, बाराका उद्योगपतिसहित तीन जनालाई प्रहरीले शनिबार राती पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा अमर ग्यास प्रालि जितपुरका संचालक बीरगंज–८ बस्ने घनश्याम क्याल र उद्योगका कामदार रविन्द्रकुमार दास, बिनोद दुबे, संजय पटेल छन् ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार उद्योगबाट अवैध तरिकाले कालोबजारीका लागि ८० सिलिण्डर ग्यास बीरगन्जतर्फ लैजादै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले ग्याससहित उनीहरुलाई पक्राउ गरेको हो ।
उद्योगमा ग्यास मौज्दात हँुदाहुँदै पनि स्थानीयलाई ग्यास वितरण नगरी रातको समयमा कालोबजारी गर्ने गरेको ब्यापक गुनासो आएपछि सिमरा प्रहरीले सादा पोसाकका प्रहरी परिचालन गरेर प्रमाणसहित पक्राउ गरेको प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले बताए ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको प्रहरीले जनाएको छ ।
imagekhabar
Post a Comment