यस्तो छ मधेस भारतमा गाभ्ने योजना

काठमाडौँ, २० मंसिर ।
तीन महिनादेखि नाकाबन्दी गरेर नेपालमा मानव संकट सिर्जना गरेको भारतको संसदमा नेपालको तराई भूभाग बाँध बनाएर डुबाइदिने प्रस्ताव पुगेको छ ।
भारतीय सत्तारुढ भारतीय जनता पार्टीका एक सभासद्ले नेपालको तराई भागबाट बगेर बिहारमा पस्ने सबै नदीमा बाँध बनाएर नेपालको तराई भू–भाग डुबाईदिन भारत सरकारलाई आग्रह गरेका छन् । शुक्रबार भारतको तल्लो सदन लोकसभामा बोल्दै भाजपाका सांसद् भोला सिंहले नेपालबाट बिहारतर्फ बाग्ने सबै नदीमा बाँध बनाएर नेपालको तराई भू–भाग सबै डुबानमा पार्न भारतसरकारलाई सुझाव दिएका हुन् ।

ति सांसदले नेपालबाट बगेर बिहारमा पुग्ने सबै नदी बाँध बनाएर थुनिदिए बिहार अन्नको भण्डारको रुपमा चिनिने समेत बताएका छन् । उनले भनेका छन्, ‘नेपालबाट बगेर आउने नदीहरुमा बाँध बनाइयो भने बिहारलाई अन्न भण्डारका रुपमा विकास गर्न सकिन्छ ।’ नेपालको सबैभन्दा ठूलो कोशी नदीमा उच्चबाँध बनाउन लामो समयदेखि दबाब दिदै आएको भारतले नेपालमा नाकाबन्दी गरेकै समयमा भारतीय सांसदको यस्तो अभिव्यक्ति आएको हो ।
भारतले सुनसरीको चतरामा २ सय ६९ मिटर अग्लो संरचनासहतिको उच्चबाँध बनाउने योजना अनुरुप प्रराम्भिक सर्भे समेत गरिसकेको छ । उक्त बाँध निर्माण भएमा नेपालको तराई क्षेत्रका अधिकांश भाग डुबानमा पर्ने खतरा हुन्छ । नेपालका नदीको पानीबाट भारतको विहार क्षेत्रमा भइरहेको सिचाईं बारे विचार नगरी ति सांसदले नेपालबाट बग्ने सबै नदीमा बाँध बनाउनुपर्ने अभिव्यक्ति दिएका हुन् ।
भारत सरकारले नेपाली भूमिमा बाँध बनाएर बिहार र उत्तरप्रदेश क्षेत्रमा सिँचाईका लागि पानी लाने योजना भने यस अघि नै सार्वजनिक गरिसकेको छ । उक्त योजनामा नेपाल सरकारले सहमति नदिदा भारतलाई अप्ठेरो परिरहेका बेला भारतीय सांसदको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।
भारतले नेपालका कोशी, नारायणी र गण्डकीसहितका नदीहरुमा अग्ला बाँध बाँधेर भारतीय नदीसम्म नेपाली नदीलार्इ जोड्दै बिहार र उत्तरप्रदेशमा सिँचाइ गराउने योजना बनाएको सार्वजनिक भइसकेको छ । भारतीय सरकारले नेपालको सुदूर पूर्व ताप्लेजुङदेखि रामेछापसम्मका १५ जिल्लाका ५५ गाविसस्थित तीन सय ६३ वटा नेपाली गाउँ डुबाउने गरी बनाउने भनिएको उच्च बाँधको चर्चा भारतको संसद्सम्म पुगेको हो । यो प्रस्तावको भने नेपालमा पहिलादेखि नै विरोध हुँदै आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget