भारतको नाकाब्न्दीको कारण हामी सबैको दैनिकी उथल पुथल भइ रहेको छ । फिल्महरुको छायांकन देखि गायक गायिकाको एल्बम रिलिज र भिडियो शुटिङ पनि नराम्रोसंग प्रभावित भएको छ । गायिका सुनिता
दुलाल नेपाली लोकगीत र तीजको गीतमा दर्शक र श्रोताले रुचाएको नाम हो । उनै सुनिताको विबाहको चर्चा बेला बेलामा चल्ने गरेको छ । बिशेष गरी तीजका गीतमा महादेवसंग योग्य वर माग्ने गरेकी सुनिताले योग्य वर पाइसकेकी बताएकी छिन् । तर योग्य वर पाए पनि उनको विबाह गरी हाल्ने योजना भने छैन । नाकाबन्दी रहु्न्जेल विबाह नगर्ने बताएकी सुनिताले छिट्टै विवाह हुनसक्ने अप्रत्याक्षित खुलासा गरकेी छिन् ।
लोक गीतमा ब्यबसायिक प्रभाब पर्न थालेकाले केही बिकृति लोक गीत क्षेत्रमा प्रवेश गरेको उनी बताउँछिन् । समय अनुसार गायक गायिकाहरुले आफूलाई परिवर्त गर्दै लैजान आवश्यक रहेको पनि उनी बताउँछिन् । .
news24nepal
Post a Comment