सरकारविरोधी प्रचारको आयू लामो हुँदैन: प्रधानमन्त्री

मंसिर १९, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जबरजस्ती जात र क्षेत्रविरुद्ध देखाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

किमाथांका विराटनगर यातायात तथा विकास सरोकार समितिले बालुवाटारमा शनिबार गरेको कार्यक्रममा प्रधानमन्त्रीले दुराशयपूर्ण आरोपको आयू लामो नहुने बताए । प्रधानमन्त्रीले भने, ‘सरकार फलानाविरोधी छ भनेर नकारात्मक प्रचार गरिएको छ, यसको आयु लामो हुँदैन ।’ उनले सरकारले कसैप्रति आग्रह पूर्वाग्रह नराखेको बताए ।

प्रधानमन्त्रीले केही क्षेत्रीयतावादीले विविधिकरणलाई दुरुपयोग गरेको पनि आरोप लगाए । उनले सरकारले विभिन्न आन्दोलनका उपलब्धीलाई दस्तावेजीकरण गरिएको संविधान कार्यान्वयन र रक्षा गर्ने बताए ।

प्रधानमन्त्रीले राजनीतिक आन्दोलन सकेर मुलुक आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको पनि बताए ।

प्रधानमन्त्रीले किमाथांका–जोगवनी सडक दुई वर्षभित्र चालु हुने जानकारी दिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget