सोमबारबाट निजी गाडीलाई तेल दिइने

काठमाडौँ : लामो समयदेखि इन्धन नपाएका निजी सवारी साधनले इन्धन पाउने भएका छन् । नेपाल आयल निगमले आगामी सोमबारबाट निजी सवारीसाधनलाई इन्धन बिक्री गर्ने जनाएको छ ।

तिहारपछाडिबाट एकपटक पनि इन्धन नपाएका निजी सवारी साधनलाई व्यवस्थित तबरले इन्धन बिक्री गर्न लागिएको निगमको दाबी छ । कालोबजारीबाट प्राप्त भएको इन्धनका कारण राजधानीमा सवारीको चाप बढीरहेका बेला त्यसलाई नियन्त्रण गर्न पनि निजी सवारीलाई इन्धन दिन लागिएको हो ।



तराई मधेसको आन्दोलनका कारण सहजरुपमा इन्धन आयात नभए पनि चोरबाट कालोबजारीबाट भित्रिएको इन्धन चर्को मूल्यमा बिक्री वितरण हुँदै आएको छ । स्थानीय प्रशासनले कालोबजारी नियन्त्रणका लागि विभिन्न प्रयास गरेपनि सार्थक हुन सकेको छैन ।

निगमका थानकोट डिपो प्रमुख रविन शर्माले आगामी सोमबारबाट मोटरसाइकल, जिप, कारलाई दिन नै तोकेर इन्धन बिक्री गर्न लागिएको जानकारी दिए।

उहाँका अनुसार सोमबारदेखि पहिलो चार दिन राजधानीका विभिन्न पेट्रोल पम्पबाट मोटरसाइकललाई इन्धन बिक्री गरिनेछ भने त्यसपछिको अर्को चार दिन कार, जिपलाई दिइनेछ । त्यसपछि तालिका बनाएर आलोपालो प्रणालीका आधारमा निरन्तर निजी सवारी साधनलाई इन्धन बिक्री गरिनेछ ।

अत्यावश्यकीय सेवाअन्तर्गतका सवारी साधनलाई भने निगमले पेट्रोल पम्प नै तोकेर समानुपातिक तबरले इन्धन वितरण गर्दै आएको छ । विद्यालय, अत्यावश्यकीय ट्रक तथा ट्याङ्कर, खानेपानी, दूध, कृषिउपज आयात गर्ने सवारी साधन, कूटनीतिक नियोग र राष्ट्रिय गौरवका आयोजनालाई पनि इन्धन उपलब्ध गराइरहेको छ ।

भारतबाट भित्रिएका इन्धनलाई समानुपातिक तवरले वितरण गर्ने योजनाअनुसार नै अगाडि बढाइएको निगमको दाबी छ । रासस
/annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget