२९ जनामाथि अख्तियारको छानबिन, को को परे

काठमाडौं, २० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको शंकामा १२ पूर्वमन्त्री र तीन बहालबाला सचिवसहित २९ जना प्रभावशाली व्यक्तिमाथि छानबिन सुरु गरेको छ ।
अख्तियारले सबै बैंकलाई २९ जना सबैको लकरहरु आइतबारसम्म बन्द गर्नसमेत निर्दैशन दिएको छ ।
पूर्वमन्त्रीहरू राजेन्द पाण्डे, सुरेन्द्र पाण्डे, विद्याधर मल्लिक, रामकुमरा श्रेष्ठ, छविराज पन्त, शंकर कोइराला, उमाकान्त झा, टेकबहादुर थापा घर्ती, कृष्णबहादुर महरा, ल्हारक्याल लामा, वंशीधर मिश्र, नीलम केसी खड्का रहेको छन् ।
त्यसै गरी अकुत सम्पत्ति कमाउनेमा कृषि सचिव उत्तमकुमार भट्टराई, स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ, सिँचाइ सचिव अनुपकुमार उपाध्याय, सांसद एवम् पूर्व आईजीपी रवीन्द्रप्रताप शाह, सांसद तथा व्यवसायी इच्छाराम तामाङ, सांसद जर्नादन ढकाल, सांसद एवम् व्यवसायी विक्रम पाण्डे, सांसद तथा स्कुल सञ्चालक गीता राणा, सांसद एवम् बाबुराम पोखरेल, एमालेका पूर्वसांसद विजय पौडेल, एआईजी राजेन्द्रसिंह भण्डारी, डीआईजी विजयलाल कायस्थ, पूर्वमुख्य सचिव भोजराज घिमिरे, साझा यातायातका अध्यक्ष एवम् हिमाल डिडियाका प्रकाशक कनकमणि दीक्षित, आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र व्यवसायी राजकुमार अग्रवाल रहेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget