नाकावन्दीका कारण नेपाल-भारत सम्बन्धमा तनाव र अनिश्चितता बढ्दै जाँदा भारतीय संचार माध्यमलाई आफ्नो हितमा प्रयोग गर्न दुई देशबीच प्रतिष्पर्धा बढेको भारतीय पत्रकारहरूले जनाएका छन्।
भारतीय पत्रकार प्रणय शर्माले साप्ताहिक पत्रिका ‘आउटलुक’मा लेख्छन्- आगामी दिनमा नेपाल संकट बारे यहाँ रिपोर्टका बढी नै आए आश्चर्य मान्नु पर्दैन।
नेपालको नाकावन्दीमा भारतको प्रत्यक्ष संग्लाग्नता रहेको बुझाइलाई निस्तेज पार्न भारतीय विदेश मन्त्रालयले त्यहाँका पत्रकारलाइ नेपाल पठाउने गरेको खुलासा शर्माले गरेका छन्।
केही दिनअघि मात्र भारतीय पत्रिका ‘हिन्दु’मा कार्यरत पत्रकार सुहासिनी हेइदरले पनि आफ्नो लेखमा भारतीय विदेश मन्त्रालयले त्यहाँका पत्रकारलाई नेपाल भ्रमणको ‘स्पोन्सर’ गरेको र नेपालले पनि त्यस्तै तयारी गरेको उल्लेख गरेको थिइन।
‘भारतले तराईका आन्दोलनकारीलाइ सक्रिय ढंगले सहयोग गरेको कुराको बुझाइ काठमाडौँमा छ। उनीहरूलाई लाग्छ नेपालका मधेसी भारतीय मुलका भएका कारण भारतले नेपाललमा संविधान संसोधन दवाव दिने हेतुले नाकावन्दीलाइ प्रयोग गर्दैछ,’ शर्माले लेख्छन् ‘यस बुझाईलाइ परिवर्तन गर्न भारत ब्याकुल छ र यसैकारण पत्रकारले नेपाल भ्रमण गरून् र त्यहाँको सहि तस्वीर मिडियामा प्रतिविम्वित गरुन् भन्ने भारत चाहन्छ।'
उनका अनुसार भारतीय विदेश मन्त्रालयले पत्रकारहरूको एक समुह नेपाल पठाई नै सकेको छ भने दिल्लीस्थित नेपाली दूतावासले यो काम अलि ढिला शुरु गरेको छ।
‘यसले देखाउँछ कि अब केही दिनमा नै नेपाल संकट कभर गर्न प्रशस्त भारतीय पत्रकार नेपाको राजधानीमा देखिने छन,’ शर्माले आफ्नो स्तम्भमा लेखका छन ‘तर दुई प्रतिष्पर्धी विचारमध्ये कुनाले बढी स्थान पाउने हो थाहा भन्ने बारे पाउन केही समय कुर्नु पर्नेछ।
नेपाल र भारत विच तनाव बढ्दै जाँदा ‘पर्सेप्सन गेम’मा भारत हार्दै गएका कारण विदेश मन्त्रलायका अधिकारीले पत्रकार नेपाल पठाउने निर्णय गरेको शर्माको भनाइ छ।
तर यस्तो कदमले केवल ‘मिश्रित नतिजा’ मात्र ल्याउने सक्ने शर्माको ठहर छ।
‘केही पाठकले नेपालको घटनाक्रमलाइ राम्रै सँग बुझ्छन, तर अरुले भने यस्ता मिडिया विश्लेषण प्रति शंका ब्यक्त गर्ने र भारत सरकारको सस्तो प्रचारवाजीको रुपमा बुझ्नेछन,’ शर्मा लेख्छन – ‘अर्को तर्फ नेपाली पक्षले भारतीय मिडियासँग नजिकिनुलाई नेपालमा भएका घटनाक्रमका सन्दर्भमा आफ्नो भनाइ भारतमा उपेक्षित नहोस् भन्ने ढंगले मानिसले बुझ्न सक्छन्।setopati
Post a Comment