काठमाडौं, १८ मंसिर । आजको त्रिपक्षीय वार्ता स्थगित गराएका आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका चार शीर्ष नेताहरु दिल्ली जाने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मोर्चाका नेताहरु क्रमशः उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर र महेन्द्रराय यादव आइतबार दिल्ली जाने कार्यक्रम तय भएको हो ।
मोर्चाका नेताहरुले दिल्लीमा भारतीय प्रधानमन्त्री मोदी, भारतीय विदेशमन्त्री सुष्मा स्वराज, सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरी मधेस आन्दोलनबारे ‘विफ्रिङ’ गराउने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
यसैबीच शुक्रबार भारतको मुम्बई गएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आर्थिक सम्मेलनमा सहभागी भएर आइतबार दिल्ली आउने कार्यक्रम तय भएको छ । मधेसी मोर्चा निकट स्रोतका अनुसार मोर्चा नेता र बाबुरामले संयुक्त रुपमा मोदीलाई भेटेर मधेस आन्दोलन र सत्तापक्षले गरिरहेको गृहकार्यबारे ‘विफ्रिङ’ गर्नेछन् ।
dainiknepal
Post a Comment