यसकारण रोकिएछ प्रधानमन्त्री ओलीको पशु मन्त्री बनाउने योजना

काठमाडौं, ९ पुस । बिहीबार बिहानैदेखि प्रधानमन्त्री केपी ओलीको चहलपहल बढिरहेको थियो । साना दलहरुबाट मन्त्री बनाउन तीन मन्त्रालय फुटाएर पाँच मन्त्रालय बनाउने प्रधानमन्त्री ओलीको योजनाले त्यतिबेला धक्का खायो जतिबेला लाजिम्पाटबाट चेतावनीपूर्ण फोन आयो ।

बिहीबार बिहान एमाओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा एमाओवादीको स्थायी समिति बैठक बसिरहेको थियो । ओली योजना थाहा पाएपछि एमाओवादी अध्यक्ष प्रचण्डले चेतावनीपूर्ण जवाफ फर्काए, ‘मन्त्रालय बढाउने त कुरै नगर्नुहोस्, बरु प्रशासन सुधार आयोगको सुधार अनुसार मन्त्रालय घटाउनुपर्छ ।’

स्थायी समितिका सदस्यहरुको बीचबाट प्रचण्डको यस्तो चेतावनीपूर्ण जवाफ आएपछि ओली हच्किए । प्रचण्डको अडानसँगै कृषि मन्त्रालय फुटाएर कृषि र पशु अलग–अलग मन्त्रालय र वाणिज्य र आपूर्तिलाई फुटाएर वाणिज्य र आपूर्ति अलग–अलग मन्त्रालय बनाउने केपीको योजना अलपत्र पर्यो । यससँगै मुलुकमा पशु मन्त्रालय नामको नयाँ मन्त्रालय बन्ने सम्भावना तत्कालको लागि टुंगिएको छ ।

एमाओवादीले हवाला दिएको प्रशासनिक सुधार आयोगले मन्त्रालयको संघीयता लागू नहुँदासम्म १८ वटा र भएपछि १२ वटामा झार्न सुझाव दिएको थियो ।

सत्ता लम्ब्याउन साना दलहरुलाई समेट्न खोज्दा सत्ताको चाबी नै बोकेको प्रचण्डको यस्तो चेतावनीपछि पनि प्रधानमन्त्री ओलीले एमाले मातहत भएकोलगायतका केही मन्त्रालय फुटाइछाडे । त्यसो त ओलीको प्रस्तावलाई उपप्रधानमन्त्री विजय गच्छादारले पनि साथ दिएनन् र फुट्नबाट बच्यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि ।

प्रधानमन्त्री ओलीले एमालेसँग रहेको सहरी विकासलाई फुटाएर खानेपानी तथा सहरी मन्त्रालय बनाएका छन् भने फोरम लोकतान्त्रिकसँग रहेको स्वास्थ्य तथा जनसंख्याबाट जनसंख्या र विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयबाट वातावरण झिकेर वातावरण तथा जनसंख्या मन्त्रालय बनाएका छन् ।
sajhapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget