धनुषाको क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगरको हनुमान चोकबाट पाँच सयभन्दा बढीसंख्यामा शुरु भएको मोटरसाईकल र्याली महेन्द्रनगर बजारको परिक्रमा गर्दै मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र धनुषाधाम नगरपालिका हँदै जनकपुर लगायतको स्थानमा प्रदर्शन गरेका छन् ।
उक्त र्याली जनकपुरको जनकप चोकमा पुगेर कोणसभा गरेको थियो । कोणसभाको संबोधन गर्दै नयाँ शक्तिका अभियन्ता बिजय कुमार यादवले भने “देखु नै करु” , “सुनु नै करु” , “बुझु नै करु” , अर्थात अवको दिनमा हामीले नयाँ शिक्तको अभियान हेर्न सुन्न बुझनको लागि होईन गर्नको लागि नयाँ शक्तिको आवश्यकता रहेको बताए ।
त्यस्तै क्षीरेश्वरनाथ व्यापार संध महेन्द्रनगरका अध्यक्ष राम जी सिंह उक्त कोणसभामा बोल्दै भने ‘पहिले त सहर केन्द्रित अर्थात जनकपुर केन्द्रित आन्दोलन थियो तर अव गाँउ केन्द्रित आन्दोलन पुग्यो । अब हामीलाई के बुझ्नु पर्छ भने सहर चुप रहेपनि गाँउ चुप लाग्दैन ।’
त्यसैबीच नयाँ शक्तिका महिला अभियन्ता शुधा सिंहले भने ‘पहिले मोर्चाको आन्दोलन थियो अव मधेशको जनआन्दोलन भयो, यस आन्दोलनमा पुरुष मात्रै होईन महलिाले पनि लड्नु पर्छ किनभने जारी संविधानमा सबैभन्दा शोषित महिला देखिएको छ, त्यस्तै अव म सुधा सिंहलाई हैन सबै मधेशी, जनजाती, आदिवासी, दलित, मुस्लिम महिलाहरुलाई आफ्नो हकको लागि लड्नुपर्छ ।
सोही कोणसभामा प्रगतिशिल समाज महेन्द्रनगरका संयोजक संजय पटेलले भने ‘हामी मधेशी युवा राजनितिक दललाई एक ठाउँमा उभियाउछौ भने अभियानमा म संजय पटेलले प्रतिबद्धता व्यक्त गर्दछु ।’
साथै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका धनुषा संयोजक शेष नारायण यादवले नयाँ शक्तिका अध्यक्षतामा निकालिएको मोटरसाइृकल व्र्यालीलाई स्वागत गर्दै, उहाँले क्षीरेश्वनाथ नगरपालिकाले गरेको आन्दोलनलाई जहिले पनि नयाँ स्वरुप नयाँ आयाम नयाँ तरिकाबाट आन्दोलन गर्ने गरेको कुरा महेन्द्रनगरबासीबाट मोर्चालाई पनि सिक्नु पर्ने आवश्यकता रेहेका र यस्तै अभियान मोर्चालाई पनि गर्नुपर्ने आवश्यकता रहेको बताए ।hulakinews
Post a Comment