कोटेश्वरका ६ ओटा अग्ला घरले उडानमा समस्या पारेको प्राविधिक समितीको ठहर


काठमाडौं– जहाजको बाटोमा बाधक बनेको भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको दक्षिणतर्फ पर्ने कोटेश्वर आसपासका ६ ओटा घर भत्काउन काठमाडौं महानगरपालिका बोर्डद्वारा गठिन प्राविधिक समितीले ठहर गरेको छ ।
महानगरले यसअघिनै कोटेश्वरका ६ ओटा घरहरुलाई भत्काउनुपर्ने पहिचान गर्दै गएको मंसिर १५ गते प्राविधिक समिती गठन गरेको थियो ।

ईन्जिनीयर बीर बहादुर खड्काको संयोकत्वमा गठिन प्राविधीक टोलीले बिहीबार काठमाडौं महानगरपालीकाका कार्यकारी प्रमुख रुद्र सिंह तामाङलाई प्रतिवेदन बुझाउँदै कोटेश्वरका ६ ओटा घरले जहाजको बाटोमा अवरोध गरेको ठहर गरेको छ भने अरु चारवटाले तला थप गर्न नमिल्ने भन्दै प्रतिवेदन बुझाएको छ ।

प्राविधिक समितीको प्रतिवेदन अनुसार रामप्रसाद श्रेष्ठ, सन्तलाल शाही, सुनलक्ष्मी श्रेष्ठ, राम माया श्रेष्ठ, लिला ढकाल, भिम कुमारी पोखरेल र प्रेमलाल श्रेष्ठको स्वामित्वमा हरेको घरको माथिल्लो भागले उडानमा अवरोध सिर्जना गरेको ठहर गरेको छ । त्यस्तै मुरारी बस्नेत र सुरेश पराजुलीको स्पामित्वमा रहेको घरको छतमा राखिएको पानी ट्यांकी र गायत्री पराजुलीको स्वामित्वमा रहेको घरले पनी उडानमा समस्या परेको समितीले ठहर गरेको छ । त्यस्तै केशव पराजुलीको घरले पनी अवरोध पारेको बताईएको छ ।
त्यस्तै कोटेश्वरका आसपासका चारवटा घरले तला थप्न नपाउने र कोटेश्वरका २० भन्दा बढी भवन मापदण्ड मिचेर अग्लो बनाईएको समितीले जनाएको छ ।
महानगरले यसअघी संवेदनशिल क्षेत्रका घरहरु भत्काउने निर्णय गरिसकेकाले प्राविधीक टोलीको प्रतिवेदन पश्चात घरधनीहरुलाई नै भत्काउन आह्वान गरिने महानगरका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले जानकारी दिए । उनले भने, ‘उनिहरुले भत्काउन अटेर गरेमा दोस्रो चरणमा हामी हटाउँछौं ।’

त्यस्तै एयरपोर्ट आसपसमा नागरिक उड्ययन प्राधिकरणले राखेका ठुला होर्डिङ बोर्डले पनी उडानमा समस्या पारेको भन्दै महानगरले त्यस्ता बोर्डहर समेत हटाउने तयारी थालेको तामाङले जानकारी दिए ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget