ठगीको आरोपमा पेट्रोलियम पदार्थ डिलर्स एसोसियशनका अध्यक्ष आत्मराम थापा पक्राउ

काभ्रे – भारतीय नाकाबन्दीका कारण इन्धनको चरम अभाव खेपिरहेका काभ्रेका उपभोक्तापनि पेट्रोल र डिजेल पम्पबाट ठगिरहेको पुष्टि भएको २ साता पछि आज सञ्चालकलाई पक्राउ गरेका छन् । पेट्रोलियम पदार्थ डिलर्स एसोसियशनका अध्यक्ष आत्मराम थापा लाई बनेपाबाट प्रहरीले पक्राउ गरेको हो ।
थापाको बनेपा–१० तरकारी बजारकोे उग्रचण्डी आयल स्टोरले उपभोक्ता ठग्दै आएको थियो ।
यस्तै वडा नं. ११ बुडोलडाँडामा रहेकोमाता उग्रचण्डी आयल स्टोर, पनौतीको जय अम्बे पेट्रोल पम्प , जनागालको नारायण आयल स्टोर, पाँचखालको पाँचखाल आयल स्टोर र पाँचखालकै मातापलाञ्चोक फ्यूल सेन्टरका संञ्चालकहरु भ्ने थापालाई पक्राउ गरेको थाहा पाएपछि फरार भएका छन् । फरार रहेका सञ्चालकहरुको खोजी निती भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार के.सीले बताए ।
यसअघि काभ्रेका पम्पहरुमा नेपाल गुणस्तर तथानापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले अनुगमन गरेको थियो । पक्राउ गर्ने आदेश नआएकाले प्रहरी यस अघि पक्राउ गरेको थिएन ।

अनुगमनमा विभागबाट महानिर्देशक पुडासैनि, उप महानिर्देशक दिनानाथ मिश्र, निरिक्षक राकेश कुमार झा, जिल्लाप्रहरी कार्यालयका डिएसपी राजकुमार केसी, जिल्ला प्रशासन कार्यालयका सानोकाजी बस्नेत, विभागकै कर्मचारी भवन दवाडी संलग्न थिए ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget