भारतबाट भगाएर ल्याएकी केटी २५ दिनपछि बाबुले खोसेर लगेपछि …

गाईघाट (उदयपुर), १८ मङ्सिर-
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१ बोक्से बस्ने राजकुमार श्रेष्ठले भारतको पञ्जाबबाट भगाएर ल्याएकी केटीलाई केटीका बाबुले ल्याएको पच्चीस दिनपछि खोसेर लगेका छन् ।

गाईघाट बोक्सेका २५ वर्षीय श्रेष्ठले भारतको पञ्जावस्थित पटियाला बाँध बस्ने दलबार सिंहकी १५ वर्षीया छोरी अमनदीप कौर सिंहलाई कात्तिक २२ गते पञ्जाबबाट भगाएर नेपाल ल्याएका थिए ।

श्रेष्ठले दुई वर्षदेखि प्रेमबन्धनमा बाँधेर कौरलाई नेपाल ल्याएको भए तापनि केटीका बाबु अन्य नेपाली युवकसँग छोरी खोज्दै उदयपुर नै आएपछि प्रहरीको सहयोगबाट सिंहले छोरी पुनः खोसेर लगेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

जिप्रका उदयपुरका प्रहरी निरीक्षक रामकुमार यादबका अनुसार सिंह आफ्नो छोरी खोज्दै बाँकेका अर्जुन सुनारसँग उदयपुर आइपुगेका थिए ।

उदयपुर आएर सिंहले प्रहरीमा आफ्नो छोरी नाबालक रहेको र श्रेष्ठले विभिन्न प्रलोभनमा पारेर ल्याएको भन्दै छोरी पुनः आपूmले फिर्ता लैजान पाउँ भनी निवेदन दिएको कुरा प्रहरी निरीक्षक यादबले बताउनुभयो ।

बुधबार नै प्रहरीले श्रेष्ठ र केटीलाई नियन्त्रणमा लिएर दुबैको बयान लिँदा आपूmहरु प्रेम कसम खाएर सँगै बाँच्ने मर्ने धारणाका साथ बैवाहिक जीवनमा बाँधिएको र नछुट्टिने बयान दिएका थिए ।

केटी श्रेष्ठसँग छुट्टिन नमानेपछि केटीका बाबु सिंहले छोरी नाबालक १५ वर्षको मात्र रहेको कारण अहिले विवाह गर्ने बेला नभएको भन्दै प्रहरीको सहयोगमा केटाबाट छुट्याएर बसपार्कसम्म लगेका थिए ।

तर फेरि केटीले बसपार्कबाट बाबुलाई छल्दै फेरि केटाको घरमानै पुगेको पनि प्रहरीले बताएको छ ।

तर बिहीबार फेरि केटाको बाबुले छोरी बसपार्कबाट बेपत्ता भएको मौखिक जाहेरी गरेपछि प्रहरीले श्रेष्ठको घरमा गएर सोधपुछ गर्दा केटी केटासँगै रहेका कारण पक्राउ गरेर बाबुको जिम्मा लगाएको प्रहरीले बताएको छ ।

श्रेष्ठ सात वर्ष अघिदेखि पञ्जावमा सिंहको घरमा कामदार भई खाना पकाउने कुकका रुपमा काम गर्दै आएको प्रहरीले बताएको छ ।

सिंहसँगै नेपालगन्जका अर्जुन सुनुवार पनि परिवारसँगै काम गर्दै आएका थिए ।

दुई वर्ष अघिदेखि केटीसँग श्रेष्ठको प्रेम भएपछि गत कात्तिकमा श्रेष्ठले केटीलाई भगाएर घरमा ल्याएका थिए ।

श्रेष्ठले छोरी भगाएपछि पञ्जाबमा सिंहले श्रेष्ठका साथि सुनुवारलाई र उसको श्रीमती दुबैलाई प्रहरीलाई पक्राउ गर्न लगाई आफ्नो छोरी भगाउन सहयोग गरेको आरोप लगाएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सिंहले आफ्नो छोरी खोजेर सहयोग गर्न सुनुुवारलाई दबाब दिँदै आएको र सुनुवारको श्रीमतीसहित एक छोरासमेत पञ्जाबमा सिंहको परिवारको कब्जामा नै राखेका छन् ।

सिंहको छोरी नभेटिएसम्म सुनुवारको श्रीमती र छोरालाई पञ्जाबमा सिंहले मुक्त नगर्ने धम्किका साथ सुनुवारको सहयोगमा सिंह उदयपुर आएर आफ्नो छोरी श्रेष्ठबाट फिर्ता लान सफल भएका हुन् । रासस
etajakhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget