कमल थापा फर्के लगत्तै दिल्लीबाट आयो ओलीलाई फोन नाकाबन्दी फिर्ता लिन भारतले राख्यो २ शर्त

१७ मंसिर, काठमाडौं ।
भारतले जारी नाकाबन्दी खोल्नका लागि सरकारसँग शर्त राखेको छ । मधेशीहरुका माग पुरा गर्न संविधान संसोधन गरने र सीमाङ्कनको मुद्धा कम्तिमा ६ महिना भित्र टुङ्गो लगाउने गरि सहमति भएमा नाका खोल्न तयार रहेको संकेत दिल्लीले दिएको छ ।


भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन सम्पर्क गरेर नाका खोल्नका लागि भारतका शर्तबारे जानकारी गराएकी हुन् ।

परराष्ट्रमन्त्री कमल थापा दिल्ली भ्रमण गरेर फर्किए लगत्तै सुष्मा स्वराजले प्रधानमन्त्री ओलीलाई फोन गरेर यस्तो शर्त राखेको बालुवाटार श्रोतले बताएको छ ।

संसदमा प्रस्तुत हुन बाँकी रहेको अघिल्ले सरकारका पालको जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्ने र समानुपातिक समावेशी सहितको संशोधन बिधेयक अघि बढाउने र दलीय संयन्त्रबाट छ महिना भित्र सीमाङ्कन टुङ्ग्याउन तयार भए नाकाबन्दी खोल्न तयार रहेको भारतीय संकेत रहेको श्रोतको भनाइ छ ।

मधेशका नेताहरुले भने भारतीय नाकाबन्दी खुले पनि आफ्नो राजनीतिक स्पेसका लागि आन्दोलन जारी राख्ने संकेत दिएका छन् ।

परराष्ट्रमन्त्री थापाले भारतको चर्चित पत्रिका हिन्दुलाई दिएको अन्तर्वार्तामा ३ चरणमा समाधान गर्ने गरी सहमति भैसकेको दावी गरेका छन् । उनले गरेको संकेत अनुसार नै भारतबाट फोन आएको बताइएको छ ।sajhapatrika
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget