को हुन् भारतको संसद थर्काउने नेपालका सच्चा मित्र मणि शंकर

काठमाडौं ।

जारी मधेश आन्दोलन र भारतीय नाकाबन्दीको अवस्थाबारे नेपालको संसदमा छलफल हुन सकेको छैन । तर भारतको संसदको उपल्लो सदन राज्य सभामा भने सोमबार नेपालबारे गराम-गरम बहस भए ।

राज्य सभामा नाकाबन्दीको बारेमा सुष्मा स्वराजको जवाफ

भारतीय केन्द्रिय सरकारमा प्रतिपक्षी रहेका पार्टीका मात्र नभएर सत्तारुढ भारतीय जनता पार्टीका सांसदले समेत सरकारको नेपाल नीतिको कडा आलोचना गरेपछि विदेशमन्त्री सुष्मा स्वराजलाई जवाफ दिन हम्मे हम्मे पर्‍यो । यो बहसमा सबैभन्दा आक्रामक र नेपाल मैत्री देखिए भारतीय राष्ट्रिय कांग्रेसका नेता मणिशंकर ऐयर ।



मणिशंकर ऐयर तिनै ब्यक्ति हुन् जसले केही समय अघि नेपाल नीतिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रचार शैली गोयवल्सको प्रोपोगाण्डा जस्तै भएको भन्ने आलेख लेखेर नेपालीहरुको मन जितेका थिए । एनडिटीभीको अनलाइन संस्करणमा प्रकाशित उक्त लेखमा उनले मोदीको नेपाल नीति देखाउने दाँत मात्र रहेको र वास्तवममा भारत नेपाल नीतिमा चुकेको उल्लेख गरेका थिए ।






राज्य सभामा नेपालबारे भएको बहसमा मणि शंकरले मोदी सरकारको दोहोलो काडे र विदेशमन्त्री सुष्मा स्वराजलाई समेत नाजवाफ पारिदिए । उनले नेपालमाथि नाकाबन्दी लगाउने भारत नभएर नरेन्द्र मोदीमात्र भएको बताउँदै समग्र भारतीय नेपालमाथि नाकाबन्दी लाद्ने पक्षमा नरहेको स्पष्ट पारे । नेपालमा सर्वदलीय प्रतिनिधीमण्डल पठाउने सुष्मा स्वराजको प्रस्तावलाई अस्वीकार गर्दै उनले नेपालले संविधान जारी गर्नै लाग्दा अन्तिम समयमा ठालु पल्टिएर दुत पठाउनु भारतीय ठूल्दाइ प्रवृत्ति भएको बताए ।


मणि शंकरले भने, नेपालको संविधानमा मधेस बाट चुनाव जितेका ११६ जना मध्ये १०५ जनाले संविधानको पक्षमा मत दिएका छन्, आन्दोलनमा केवल ११ जनाको समर्थन छ, ‘हामी कहाँ आएका चार मधेसी नेता मध्ये ३ जनाले चुनाव नै हारेका छन’ । भारतले चुनाव हारेका नभएर चुनाव जितेकाको कुरा सुन्नु पर्ने भन्दै दिल्ली पुगेका मधेशी नेताको भनाइ मात्र सुनेर निर्णय नलिन सुझाव दिए ।

उनले भारतले आफ्नो संविधान अहिले सम्म १२२ पटक संसोधन गरिसकेको स्मरण गराउँदै प्रश्न गरेः नेपालले संविधान संशोधन गर्छ भनेर किन विश्वास नगर्ने?

युनिसेफलाइ उदृत गर्दै मणि शंकरले नेपालमा ३० लाख बालबालिका भारतीय नाकाबन्दीका कारण मृत्युसम्मको खतरामा रहेको र मनावीय संकट सामाधानका निम्ति आपूर्तिका गर्न आन्दोलन नभएका अनेकौं नाका रहेको भन्दै खुला रहेका नाकाबाट सामान पठाउन र एयरलिफ्ट गर्न समेत सरकारलाई झक्झकाए ।

मणि शंकरको भाषणका मुख्य अंशः

विदेशमन्त्री सुष्मा जीको भनाइमा ‘सल्लाह’ भन्ने शब्द बारम्बर प्रयोग भएको छ तर सल्लाहलाई निर्देशनको रुप दिइएकाले भारतको सबभन्दा नजिकको मित्र मुलुक नेपालसँग सम्बन्ध ध्वस्त भएको छ । एउटा स्वतन्त्र र सार्वभौम संविधानसभा माथि आफ्नो सल्लाह लाद्न सकिँदैन ।

संविधानसभामा तराईबाट १ सय १६ जना सदस्य छन् र १ सय ५ जनाले संविधानको पक्षमा मतदान गरेका छन्, निर्वाचित सांसदले भन्दा बढी नेपाल–तराई भारतले बुझेको छ?

अहिले दिल्ली भ्रमणमा रहेका मधेसी नेताहरुको टोलीमा रहेका चार नेताहरुमध्ये तीन जना चुनाव हारेका छन् । तराईंका जनताको मतको प्रतिनिधि को हुन् ? तराईका मतदातालाई कसलाई भोट दिनुपर्छ भनेर भारतले भन्ने हो ?

हामी आफ्नो संविधान १ सय २९ पटकभन्दा बढी संशोधन गर्न सक्छौं भने किन नेपालीले पनि त्यसलाई संशोधन गर्लान् भन्ने विश्वास गर्न सकेनौं ?

हामीले चाइनिजलाई नेपाली जनताको नजरमा हामीभन्दा प्रिय बन्ने एउटा सुवर्ण मौका दियौं । असल छिमेकीका रुपमा काम गर्न छोडेर विरोध गर्नेहरुसँग हात मिलाउने हो भने यसले स्थिति झन् बिगार्न सक्छ । कृपया नेपालको स्थितिलाई सन् १९९४ को श्रीलंकाको जस्तो अवस्थामा पुर्‍याउन नदिनुस् ।

यस्तो गरिएन भने, हामीले यो खेल हार्नेछौं र चाइनाले जित्नेछ ।

को हुन् मणि शंकर ?

मणि शंकर भारतका पूर्व कुटनीज्ञ हुन् । इण्डियन नेशनल कंग्रेसका सदस्य र नेता रहेका उनी मनमोहन सिंहको सरकारमा पञ्चायती राज मन्त्रीकोरुपमा काम गरेका थिए । उनले भारतको पेट्रोलियम तथा राष्ट्रिय ग्यास मन्त्रीकोरुपमा समेत काम गरेका छन् । सन् १९६३ मा भारतीय विदेश मामिला सेवा प्रवेश गरेका उनले भारत सरकारको कुटनीतिज्ञकोरुपमा सहसचिव सम्म भएका थिए । उनी भारतीय संसदमा विदेश मामिला विज्ञकारुपमा पनि चिनिन्छन् ।


केही समय अघि मात्र मणि शंकरले ‘पाकिस्तान पछि अर्को छिमेकीलाई एक्ल्याउँदै मोदी’ शीर्षकको लेखमा नेपालमा मोदीको प्रपोगाण्डा गोयबल्सको शैलीलाई पनि मात दिने रहेको तर मोदीले असल सम्बन्ध रहेको छिमेकी नेपाललाई पनि एक्ल्याउने स्तरमा उत्रिएको भनेका थिए । भारतीय जनता पार्टीको आधार नै धार्मिक अतिबादी संगठन रहेको शन्दर्भमा नेपाललाई हिन्दु राष्ट्र बनाउने अभिष्ट पुरा नहुनु र भारतप्रति विशेष बफादार मानिएका मधेशी नेताले भने जस्तो माग समेत नपरेको कारण देखाएर मोदीले बैचारिक र चुनावी फाइदा लिन खोजेको उनको भनाइ थियो ।

nepaliheadlines

Post a Comment

Jo sir manishankarne bolahe na ekdam sahi bat he .

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget