काठमाडौं – पटक–पटक फुट्दै आएको उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल पुनः फुटको संघारमा पुगेको छ । नेतृत्वपंक्तिको कार्यशैलीप्रति असन्तुष्टि राख्दै असन्तुष्टहरुले पार्टीभित्रै ‘संघीय नव विचार समूह’ गठन गरेका छन् ।
पार्टीका प्रभावशाली नेता रिजवान अन्सारीको संयोजकत्वमा १४ सदस्यीय विचार समूह गठन भएको छ । पार्टीका केही नेताविशेषको स्वार्थसिद्धि हुने भएपनि सिंगो पार्टी चाहिँ विसर्जनको स्थितिमा पुग्ने पक्कापक्की भएको असन्तुष्टहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेतृत्वले निरंकुश, स्वेच्छाचारी र गैरबैधानिक चरित्र प्रदर्शन गरेको आरोप लगाउँदै नवगठित विचार समूहले ‘नेतृत्वले नै एउटा अग्रपंक्तिको क्रान्तिकारी शक्ति बन्ने सपना बोेकेको पार्टीलाई परम्परागत तथा यास्थितिवादी पार्टीको रुपमा परिणत गरिदिएको’ उल्लेख गरेको छ ।
असन्तुष्टहरुले पार्टीमा भइरहेको दुष्चक्रबारे सचेत गराई नेतृत्वलाई सच्याउने सुझाव समेत दिएका छन् । ६ बुँदे सुझाव प्रस्तुत गर्दै असन्तुष्टहरुले दुई हप्ताभित्र सुधारहरु गर्न नेतृत्वलाई चेतावनी दिएका छन् ।
यसो नभएको खण्डमा यो विचार समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाई आवश्यक कदम चाल्न विवश हुने विज्ञप्तिमा जनाइएको छ ।
ratopati
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.