– महाबिर पुन
यो गफ होइन दाजुभाई दिदीबहिनीहरु साहस नहुनेहरु, जाँगर नहुनेहरु, मनमा पाप भएका हरु र भ्रष्टचारीहरुले मात्र भन्ने कुरा हो – “के यसो गर्न सम्भव होला र ?” अथवा “कहाँ सकिन्छ यसो गर्न?” भनेर भन्ने ।
तर मौजुदा कमिसनखोर तर प्रभावशाली राजनैतिक नेताहरु र चाकडीबाज कर्मचारीतन्त्र तथा पैसाको लागि जे पनि गर्ने माफियाहरुको बाहुल्य भएको अबस्थामा त्यो काम गर्न पक्कै गाह्रो छ । सबै समस्याको मूल जरो नेताहरु भ्रष्ट भएर नै हो । राजनैतिक नेताहरु राष्ट्रप्रेमी, ईमान्दार र पैसाको लालची नहुने हो भने भ्रष्ट कर्मचारीहरु, लालची ब्यापारीहरु र कपटी उद्ध्योगपतिहरु को केहि जोर चल्दैन ।
एउटा सानो उदाहरणको लागि दिल्लीको आम आदमी पार्टी लाई लिउं । त्यहाँका कर्मचारीहरु र ब्यापारीहरु त अहिले पनि उही नै हुन् । तर त्यहाँ नेतृत्व बदलिएको छ र मौजुदा नेताहरुले सके सम्म भ्रष्टचारी कर्मचारीहरु, व्यापारीहरु र उद्ध्योगपतिहरुलाई टाउको उठाउन नदिने प्रयास गरिरहेका छन् । उनीहरुलाई काम गर्न सजिलो छैन तर कम से कम न्वारन देखिको बल लगाएर काम त गरि रहेका छन् । मैले आम आदमी पार्टीको उदाहरण दिएको मात्र हो र त्यसको प्रचार गरेको होइन । त्यस्ता अन्य उदाहरणहरु धेरै पाउन सकिन्छ संसारमा ।
दुखको कुरा के छ भने अहिले सम्म नेपालमा भ्रष्टाचार र घुसखोरीलाई हटाउन साहस गर्ने वा निर्मुल पार्न कोसिस गर्ने कुनै पनि राजनैतिक पार्टी र नेताहरु निस्कन सकेका छैनन्।
सत्य कुराहरुलाई लामो समयसम्म लुकाउन र छिपाउन सकिन्न । यो पोष्टको बारेमा कमेन्ट गर्नु आबश्यक छैन र तर्क बितर्क गरेर समयखेर फाल्न पनि राम्रो हुँदैन । मन पर्यो भने लाइकसम्म गर्नु होला । मन नपरे पनि ठिकैछ किन भने संसारमा सबै मानिसको सोचाइ एकै हुँदैन ।
(पुन एसियाको नोबल पुरस्कार रुपमा परिचित रोमन म्याग्सेसे पुरस्कार बिजेता एवं सामाजिक अभियन्ता हुन् ।)
dainiknepal
Post a Comment