विमान दुर्घटनासँग हिसिलाको नाम जोडियो- कसले कति खाएर खाेलेका थिए यस्तो खुलासा

१६ फागुन, काठमाडौं ।

शुक्रबार कालिकोटको चिल्खायामा भएको विमान दुर्घटनामा २ पाइलटले ज्यान गुमाए । पाइलट द्वय दिनेश न्यौपाने र सन्तोष रानाले आफ्नो बलिदानी दिएर यात्रु बचाएको भन्दै उनीहरुलाई राज्यले मरणोपरान्त सम्मान गर्नु पर्ने माग समेत उठिरहेको छ ।

उक्त जहाज दुर्घटनाबारे पनि विभिन्न टिका टिप्पणीसहित कारण खोज्ने क्रम पनि शुरु भएको छ ।

२ महान आत्माः जसले आफू मरेर अरुलाई बचाए

सबै यात्रु बचाएर सँधैका लागि यसरी विदा भए क्याप्टेन दिनेश

यसै क्रममा नयाँ शक्ति अभियानका संयोगक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नि हिसिला यमीको नाम विवादमा आएको छ ।





स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोइरालाका प्रेस सल्लाहकार रहेका पत्रकार प्रति प्रधानले सिङ्गल इञ्जिन जहाज उडाउन अनियमिता दिँदा ठूलो रकमको चलखेल भएको संकेत गर्दै अहिलेको दुर्घटनाको कारण सोही निर्णय भएको संकेत सामाजिक सञ्जाल ट्वीटरबाट गरेपछि हिसिला विवादमा तानिएकी हुन् ।

प्रतिक प्रधानले ट्वीटरमा लेखेका छन्, “सिंगल इन्जिन जहाजमा यात्रु बोक्न हिसिला यमि मन्त्री हुँदा खोलिएको हो। कसले कति खाएर खोलेका थिए? अबको प्रतिबन्ध खोल्दा अर्कोको दाउ पर्नेहोला”

कालिकोटको दुर्घटना लगत्तै सरकारले सिङ्गल इञ्जिन जहाजलाई यात्रु बोक्न रोक लगाएको छ । २ दिनमा २ वटा विमान दुर्घटना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले अव सिङ्गल इन्जिन जहाजलाई यात्रु नबोक्न निर्देशन दिएका थिए ।

सिंगल इञ्जिन भएका विमानहरु यात्रु बोक्न नभएर सामान ओसारपसारमा मात्र प्रयोग गर्ने गरिन्छ । दुर्गम क्षेत्रमा चार्टर गरेर यात्रु लैजान भने छुट दिने कानून सहित छुट दिइएका कारण दुर्घटना हुन पुगेको कतिपयको बुझाइ छ ।
nepaliheadlines

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget