नेपाल प्रहरीले गर्यो साउदीबाट २२ नेपालीको उद्धार


काठमाडौं । वैदेशिक रोजगारीका लागि ६ महिनाअघि साउदी अरेविया आए पनि काम र तलब नपाएर बिचल्ली परेका एक घाइतेसहित २२ नेपालीलाई नेपाल प्रहरीले उद्धार गरेको छ ।उनीहरु शनिबार नेपाल फर्किएका आजको नागरिक दैनिकमा समाचार छ ।

साउदीको रियादस्थित अल मेसरी इस्ट फर कन्ट्रयाक्टीङ कम्पनीले संझौता अनुसार तलब नदिँदा बिचल्लीमा परेका र एक महिना अघि सवारी दु्र्घटनामा घाइते भएका रेगम बोहराको उचित उपचार गराउन समेत आनाकारी गरेको बेहेरा पीडितले नेपालको महानगरीय प्रहरी अपराध शाखामा जानकारी गराएपछि उनीहरुको उद्धार सम्भव भएको हो ।

पीडितहरुले महानगरीय प्रहरी अपराध शाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई सम्पर्क गरेका थिए । त्यसपछि उनीहरुलाई साउदी पठाउने स्वस्तिक म्यानपावर कम्पनीबाटै स्वेदश फिर्ताको लागि बिहीबार टिकट पठाइएको थियो ।महानगरीय प्रहरीको सक्रियतामा वैदेशिक रोजगारका क्रममा ठगिएका युवाको उद्धार गरिएको यो पहिलो घटना हो ।


News24Nepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget