अर्याल सरकारले यो नाका सञ्चालनमा ल्याउने व्यवस्था गर्न गठित कार्यदलका संयोजक हुन् ।
ुभूकम्पपछि खासाको भौगर्भिक अवस्था अध्ययन गर्दा मानव बस्न लायक नदेखिएकाले नाका सञ्चालन गर्न कठिनाइ हुने देखिन्छ,ु परराष्ट्र मन्त्रालयलाई केही समयअघि चीनले पठाएको पत्रमा भनिएको छ । अर्यालका अनुसार खासामा भन्सार र अध्यागमन कार्यालय राख्न नसक्ने, यातायात भने सुचारु गर्न सकिने पत्रमा उल्लेख गरेको छ ।
नाकामा भन्सार र अध्यागमन कार्यालय स्थापना नभएपछि यातायात सुचारु भए पनि कुनै अर्थ नरहने अर्थ मन्त्रालयका एक उच्च अधिकारीले जनाए । ुभन्सार र अध्यागमन कार्यालय नभए न मालसामान आयात–निर्यात गर्न सकिन्छ न मान्छे नै ओहरदोहर,ु ती अधिकारीले भने । ती अधिकारीका अनुसार भन्सार र अध्यागमन कार्यालय खोल्न नसकिने भन्नु नै नाका बन्द गर्नु हो । अर्याल भने चीनले खासा नाका बन्द गरिनसकेको बताउँछन् । उनले दुई मुलुकबीच यसबारे अझै छलफल हुने जानकारी दिए ।
सरकारले भूकम्पपछि अनौपचारिक र औपचारिक रुपमा धेरैपटक नाका सुचारु गर्न चीनलाई आग्रह गर्दै आएको थियो । चीनको पछिल्लो पत्र पाएपछि भने परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारी आगामी दिन खासा नाका सञ्चालनमा नआउनेमा विश्वस्त छन् ।
भारतको अघोषित नाकाबन्दीसँगै उत्तरी छिमेकीसँगको सबैभन्दा धेरै व्यापार हुने यो नाका सञ्चालनका लागि सरकारले महत्व दिँदै आएको छ ।
नागरिक दैनिकबाट
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.