फाल्गुन १६, २०७२- म्याड्रिड डर्बीमा एट्लेटिको म्याड्रिडसँग पराजित भएपनि रिलय म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नै साथी खेलाडीहरुको स्तरमाथि प्रश्न उठाएका छन् । स्पेनको पत्रिका मार्कासँग कुरा गर्दै उनले भने– ‘सबै खेलाडी मेरै स्तरका भएका भए, सायद हामी लिडर हुनेथियौं ।’
तर, उनले आफूले खेल कौशलको नभई शारीरिक फिटनेस स्तरको कुरा गरेको पनि बताए छन् । हिजो रातिको डर्बीमा रियलका ग्यारेथ बेल र मार्सेलो चोटका कारण खेलेका थिएनन् भने करिम बेञ्जमलाई मध्यान्तरमा निकालिएको थियो ।
जिनेदिन जिदानको प्रशिक्षणमा हिजो रियलले पहिलो हार बेहोरेको हो । यो हारपछि ला लिगामा बार्सिलोनाभन्दा रियल ९ अंकले पछि परेको भने दोस्रो स्थानमा रहेको एट्लेटिकोभन्दा ४ अंक पछि परेको छ । एन्टोनी ग्रिजम्यानले दोस्रो हाफमा गोल गरेपछि एट्लेटिकोले रियललाई पराजित गरेको हो ।
kantipur
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.