आफू मरेर यात्रुको ज्यान बचाउने दुबै पाइलटको शव काठमाडौं ल्याइयो

विमान उडाउने पाइलट
काठमाडौं, १५ फागुन । शुक्रबार कालिकोटमा भएको एयर काष्ठमण्डपको विमान दुर्घटनामा ज्यान गुमाएका विमानका दुबै पाइलटको शव काठमाडौं ल्याइएको छ ।
नेपालगञ्जबाट जुम्ला उडेको विमान शुक्रबार दिउँसो इन्जिनमा खराबी आई आकस्मिक अवतरण गर्ने क्रममा कालिकोट चिलखाया गाविस–२ मा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा पाइलट दिनेश न्यौपाने र को–पाईलट सन्तोष रानाको ज्यान गएको थियो । उनीहरुले आफू मरेर यात्रुको ज्यान बचाएका थिए । जहाजमा ११ जना सवार थिए ।
शुक्रबारै कोहलपुर लगिएको दुबैको शवलाई टिचिङ अस्पतालमा पोस्टमार्टम गर्नका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । पोस्टमार्टम पछि पाइलट दिनश न्यौपानेको शव दाहसंस्कारका लागि पुन कोहलपुर लगिने प्रहरीले जनाएको छ ।dainiknepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget