सेल्फी खिच्दा दुइ युवती नदीमा बेपत्ता, खोजीकार्य जारि
चितवनको भरतपुर उपमहानगरपालिकास्थित नारायणी नदीमा सेल्फी खिच्दा डुबेर आज दिउँसो १ बजेदेखि विस्मिता ज्ञवाली बेपत्ता भएकी छिन ।
ईलाका प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापाका अनुसार ‘नदीको किनारमा सेल्फी खिच्ने क्रममा चिप्लेर युवती डुबेको खबर आएको छ,’ उनले भने, ‘एक जना साथी चिप्लेर खसेपछि अर्की पनि डुबेकी रहिछन् ।’ बेपत्ता युवतीको खोजतलास जारी छ ।
नवलपारीको गैंडाकोट १६ बस्ने १८ वर्षीया नम्रता सापकोटा र सोही ठाउँकी उनकी साथी विस्मिता ज्ञवाली नदीमा डुबेका थिए । बग्दै गरेको अवस्थामा प्रत्यक्षदर्शी श्याम थापाले ४० मिटर परबाट नम्रतालाई सकुशल उद्धार गर्न सफल भए पनि विस्मिता भेटिइनन् ।
News24Nepal
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.