बाबुराममाथि खनिदै प्रचण्डले भने–‘पीएचडी गर्दैमा गोरु बुद्धिमान हुँदैन’



एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी छोडेर नयाँ शक्ति अभियानका संयोजक रहेका बाबुराम भट्टराईकै गृह जिल्ला पुगेर अब गोरखाबाट निर्वाचनमा जितेर देखाउन खुल्ला चुनौती दिएका छन् । अब बाबुरामले गोरखामा चुनाव जित्न नसक्ने प्रचण्डले दावी गरेका हुन् ।

शनिवार गोरखामा आयोजित्र पत्रकार सम्मेलनमा प्रचण्डले र बाबुरामले गरेको घात पार्टीको मात्र नभै राष्ट्रको घात, सिद्धान्तको घात र आदर्शको घात भएको बताउदै भने,‘पीएचडी गर्दैमा गोरु वुद्धिमानी हुँदैन ।’



व्यङग्य गर्दै उनले थपे –गोरुको सिङमा पिएचडी गर्दैमा गोरुको बुद्धि आउँदैन बाबुरामजीको हकमा पनि त्यस्तै भएको छ । पीएचडी गरेका त हजारौं छन् ।’ बाबुरामले गुरु मानेका मोहन बिक्रमले जिल्लाबाट माथिल्लो तहमा ल्याउनै नहुने मान्छे हो भन्दा भन्दै पनि आफूले माया गरेर सेलबाट पोलिटब्यूरोमा ल्याएको प्रचण्डले बताए ।

मोहन विक्रमले यो मान्छेले धोका दिन्छ भनेको स्मरण गर्दै प्रचण्डले बाबुरामले छाडेपछि आफूलाई आनन्द भएको समेत बताए ।

प्रधानमन्त्रीको भारत भ्रमणकुनै नयाँ नभइ पुरानै काम र कुरा मात्र भएको बताए । अब फेरि पहिले जस्तो नाकाबन्दी चाहिँ सामना गर्नुपर्ने छैन भन्ने आफूलाई लागेको बताउंदै संविधानको बारेमा रिजर्भेसन बाँकी नै रहेको, आपूर्ति पूर्ण सुचारु नभएको बताए।

nepaliheadlines

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget