जहाज दुर्घटनामा परी मृत्यु भएका पाइलटको घरमा थामिएन आँसु ,जसले संसारलाइ नै रूवायाे

‘मरेर पनि पेसागत धर्म निभाए’
फाल्गुन १६, २०७२- कालिकोटको चिल्खयामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएका पाइलट नेपालगन्ज १६ कोरियनपुरका दिनेश न्यौपानेको घरमा रुवाबासी छ । आमा लक्ष्मी र पत्नी रन्जनी अधिकारीको आँसु थामिएको छैन ।

उनीहरू घटना सम्झेर छिनछिनमा बेहोस हुन्छन् । सम्झाउने आँट कसैमा देखिँदैन । साथीभाइ, आफन्त सबै शोकमा डुबेका छन् ।

कसैको आँखामा नबिझाएकाले दिनेश छिमेकीका प्रिय थिए । आफैं संसारबाट बिदा भए नौ जनाको ज्यान जोगाए । ‘उनी लजालु स्वभावका थिए । धेरै नबोल्ने तर सबैसँग मिल्ने बानी थियो । त्यसैले सबैका प्रिय थिए,’ उनका बुवाका साथी चन्द्र श्रेष्ठले भने ।

घटनापछि आफन्तहरू परिवारलाई भेट्न कोरियनपुर पुगिरहेका छन् । ‘निकै इमानदार र असल थिए । त्यस्तो साथी गुमाउनु पर्दा मन रोएको छ,’ उनका निकट साथी चेतबहादुर खडकाले भने, ‘संसारमा यस्ता मान्छे निकै कम हुन्छन्, जसले आफ्नो जीवन बलिदान गरेर पनि आफ्नो पेसागत धर्म निर्वाह गरे ।’

उनी ०४३ जेठ ३० मा डोल्पामा जन्मेका हुन् । दुनै १ मा जन्मेका उनले दुनै बोर्डिङ स्कुलमा पढेका थिए । कराँतेमा राम्रो प्रदर्शनपछि उनलाई काठमाडौंस्थित लिटिल एन्जल्समा भर्ना गरिएको थियो । आईएस्सी सकेपछि अमेरिकाबाट पाइलट पढेका थिए । दुर्घटनाका घाइतेमध्ये दुई जनालाई भारतको लखनउ र अन्यलाई काठमाडौं लगिएको छ ।

डोल्पामा पनि शोक
डोल्पा– क्याप्टेन दिनेशको मृत्युको खबरले पुख्र्यौली थलो पनि शोक डुबेको छ । दुनैमा काका कृष्णदत्तलगायत आफन्त शोकाकुल छन् । उनका बाबु मानदत्त न्यौपानेले दुनैका दुई वटा घर बिक्री गरेर जेठा छोरालाई फ्लाइट इन्जिनियर र कान्छा दिनेशलाई पाइलट पढाएका थिए ।

उनका बाजे नाता पर्ने डोल्पाका पहिलो इन्जिनियर अंगदकुमार हमालको निधन भएको एक साता पनि भएको छैन । लगातार जिल्लाका दुई चर्चित व्यक्तिको निधनले सदरमुकाम दुनैलाई शोकाकुल बनाएको छ ।

ekantipur

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget