कप्तान राजु रिजाल
काठमाडौं, २० माघ । बंगलादेशमा जारी यू–१९ विश्वकप खेलिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुको उमेरमा प्रश्न उठाउने भारतलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले कडा जवाफ फर्काएको छ ।
खासगरी नेपाली टिमका कप्तान राजु रिजालको उमेर र भारतीय नागरिक भएको भनेर उठेको प्रश्नमा जवाफ फर्काउँदै आईसीसीले मंगलबार विज्ञप्ति जारी गरी रिजाल यू–१९ विश्वकप खेल्न योग्य रहेको र उमेर १९ वर्ष ननाघेको स्पष्ट पारेको हो ।
शुक्रबार भारत र नेपालबीच भएको क्वाटरफाइनल खेलपछि भारतीय क्रिकेटर र मिडियाले कप्तान रिजालको उमेरमा विभिन्न टिप्पणी तथा आरोपहरु लगाएर प्रश्न उठाएका थिए ।
उमेरमा प्रश्न उठेपछि आइसीसीले यस विषयमा अध्ययन गरेर उनी यू–१९ म्याच खेल्न योग्य रहेको स्पष्ट पारेको हो । रिजालको उमेरमा भारतीय क्रिकेटर कौत्सव पवारले गम्भीर आरोप लगाउँदै प्रश्न उठाएपछि आइसीसीले नेपाल क्रिकेट संघ (क्यान) का सिइओ र नेपालका टिम म्यानेजरसँग सोधपुछ तथा प्रतियोगिता अघि क्यानले प्रतियोगिता शुरु हुनभन्दा अघि प्रस्तुत गरेको कागजातको अध्ययन, क्यानले बुझाएको रिजालको पासपोर्ट र जन्मदर्ता लगायत सम्पूर्ण प्रमाणपत्र अध्ययन गरेको थियो ।
उक्त अध्ययनमा रिजाल १९ वर्ष ननाघेको र यू–१९ अन्तर्गत २०१६का जुनसुकै म्याच खेल्न योग्य रहेको पाइएको आइसीसीद्धारा विज्ञप्तिमा उल्लेख छ । तथ्यांकअनुसार रिजाल सन् १९९६ को सेप्टेम्बर २६ मा जन्मेका थिए । सेप्टेम्बर १, १९९६ पछि जन्मेकाहरुले आइसीसी यु १९ क्रिकेट विश्वकप खेल्न पाउँछन् ।
आइसीसीले रिजालले प्रस्तुत गरेका आधिकारिक कागजात साँचो भएको भन्दै उनीविरुद्ध लागेका कुनै पनि आरोप प्रमाणित नभएको बताएको छ । अब नयाँ प्रमाण अगाडि नआएसम्म यो मुद्दा यही बन्द भएको छ ।
यसअघि पनि भारतले नेपाली क्रिकेटर शक्ति गौचनलाई आफ्नो देशमा जन्मिएको र आफ्नो नागरिक भनेर प्रश्न उठाएको थियो । नेपालले राम्रो प्रदर्शन गर्ने वित्तिकै भारतले केही न केही बहानामा नेपाली खेलाडीलाई विवादमा ल्याउने गरेको छ ।
dainiknepal
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.