काठमाडौं । सिरियामा आतंकवाद अन्त्य गर्ने बहानामा साउदी अरबले राष्ट्रपति बशर अल असदका विरुद्ध निर्णायक युद्धको तयारी पूरा गरेको छ ।
सिरियाविरुद्धको यो युद्धमा साउदी अरबको नेतृत्वमा सुन्नी मुस्लिम देशका सैनिकहरु सामेल हुनेछन् भने २३ सय लडाकु जहाज, २० हजार टैंक र तीन लाख ५० हजार सैनिक सामेल छन् ।
यो फौज केही दिनदेखि साउदी अरबको उत्तरी इलाकामा युद्ध अभ्यास गरिरहेको छ । यो फौजले अमेरिकाको इशारा पर्खिरहेको छ ।
आदिलको यो भनाई आएसँगै राष्ट्रसंघमा इरानका प्रतिनिधिले पत्रकार सम्मेलन गरेर साउदी अरबले सिरियामा आफ्ना सैनिक पठाएमा त्यो अन्तराष्ट्रिय कानुनको उल्लंघन हुने बताएका छन् । उनले सिरियाको जमिनमा पाइला राख्नुअघि साउदी अरबले धेरैपटक सोच्नुपर्ने चेतावनी दिएका छन्
सिरियामा एकैपटक यति ठूलो संख्यामा सेना पठाइएमा त्यसलाई निकाल्न गाह्रो हुने र साउदी अरबले यो फौज सिरियाका साथै इरान र रुसविरुद्ध खडा गरिएको मिडिया रिपोर्टहरुमा जनाइएको छ । साउदी अरबले क्षेत्रीय शान्तिको बहानामा इरानमाथि दबाब बढाउने रणनीति अपनाइरहेको छ ।
साउदी अरबलाई अमेरिकाको वैचारिक तथा रणनीतिक समर्थन रहेमा इरान र सिरियालाई रुसको साथ रहनेछ । रुसका प्रधानमन्त्रीले दुईदिनअघि मात्रै संसारका दुई ठूला शक्ति राष्ट्र शीत युद्धको अवस्थामा रहेको बताएका थिए ।
साउदी अरबका सेना सिरिया पसेमा तेस्रो विश्वयुद्धको थालनी हुनेछ । त्यसकारण अमेरिका र साउदी अरबले आइएसआइएसलाई समाप्त पार्नका लागि सिरियामा स्थलयुद्ध आवश्यक रहेको बताउँदै आएका छन् । तर लडाई सुरु हुनुअघि उनीहरुको योजना सिरियाका राष्ट्रपति असदलाई अपदस्थ गर्न चाहन्छन् ।
रुस र इरानपनि आइएसविरुद्धको युद्धका लागि सहमत भएपनि सिरियाली जमिनमा युद्ध गर्ने पक्षमा देखिएका छैनन् । उनीहरुले राष्ट्रपति असदलाई अपदस्थ गर्ने कुराको विरोध गरिरहेका छन् ।arab-6
यी दुई शक्ति राष्ट्रका अलवा टर्कीको भूमिका महत्वपूर्ण रहेको छ । टर्की आफूलाई अनुकुल हुनेगरी दुवै खेमामा देखिने गरेको छ । उसले असदका साथ कुर्द लडाकुविरुद्ध पनि कारबाही गर्नुपर्ने बताउँदै आएको छ । तर अमेरिकाले आइएसविरुद्ध कुर्द लडाकुहरु प्रयोग गरिरहेको छ ।
एजेन्सीकाे सहयाेगमा
nepalsandesh
Post a Comment