झापामा नेपाली खेलाडीलाई गरिएको स्वागत ।
अपराह्न करिब साढे ४ बजे विमानस्थलमा उत्रिएको नेपाली टोलीलाई डोमेस्टिक टर्मिनलमै भव्य स्वागत गरिएको छ । खेलाडीहरुलाई स्वागत गर्न नेपाल सरकारका विशिष्ट अधिकारीहरु, राखेप पदाधिकारीसहित चर्चित सेलिब्रेटीहरुसमेत विमानस्थल पुगेका थिए ।
उनीहरुलाई अहिले नगर परिक्रमा गराइँदै छ । विमानस्थलको गेटबाटै सुरु भएको विजय -याली तिलगंगाचोक, गौशाला, रातो पुल, ज्ञानेश्वर, कमलपोखरी हुँदै पुतलीसडक आइपुग्ने छ । त्यहाँबाट प्रदर्शनीमार्ग, भद्रकाली, सुन्धारा, न्युरोड गेट, जमल, केशरमहल, नारायणहिटी संग्रहालय, पुरानो बसपार्क, सहिदगेट, सुन्धारा, त्रिपुरेश्वर हुँदै दशरथ रंगशालामा पु-याइने छ ।
साग फुटबलमा भारतलाई उसकै मैदानमा हराएर नेपालले २३ वर्षपछि स्वर्ण पदक जितेको हो । यो नेपालको तेस्रो स्वर्ण हो ।काठमाडौं, ५ फागुन । भारतको गुवाहिटीमा सम्पन्न बाह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा स्वर्ण जितेको नेपाली राष्ट्रिय फुटबल टोली राजधानी आइपुगेको छ ।
गुवाहिटीबाट झापाको काँकडभित्तासम्म सडकमार्ग हुँदै आएको नेपाली टोली त्यहाँबाट भद्रपुर पुगेर विमानमा काठमाडौं आइपुगेको हो ।
sajhapost
Post a Comment