फाल्गुन ५, २०७२- धरहरा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बैंक खाता खोलेको छ ।
प्राधिकरणले राष्ट्रिय वाणिज्य बैंकको थापाथली शाखामा १४२०००१९८००१ नम्बरको खाता खोलेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ‘मेरो धरहरा मै बनाउँछु’ अभियान घोषणा गरेका थिए ।
खातामा सबैभन्दा पहिले प्रधानमन्त्रीको एक महिनाको पारिश्रमिक वापतको ६१ हजार ८ सय २० रुपैयाँ जम्मा गरिएको प्राधिकरणका कामु सचिव मधुसुदन अधिकारीले जानकारी दिए ।
kantipu
Post a Comment